विराटनगर । राजसति महिला बहुउद्धेश्यीय सहकारी संस्थाले सदस्यलाई एकदिने पूर्व सहकारी शिक्षा कार्यक्रम गरेको छ । ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सहकारीले एकदिने पूर्व सहकारी शिक्षा कार्यक्रम आयोजना गरेको संस्थाकी अध्यक्ष तुलसा विष्टले जानकारी दिईन् ।
सहकारी शिक्षा कार्यक्रमको सहजीकरण संस्थाकी पूर्व अध्यक्ष तारादेवी राई र सल्लाहकार राजन केसी तथा प्रबन्धक यसबहादुर क्षेत्रीले गरेका थिए । कार्यक्रममा सहकारीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
Leave a comment