हाइलाइट

जनहितकारी साकोसले सप्ताहव्यापी रुपमा स्थापना दिवस मनाउने 

जनहितकारी साकोसले सप्ताहव्यापी रुपमा स्थापना दिवस मनाउने  :: Sahakari Akhabar

काठमाडौं । वीरेन्द्रनगर सुर्खेतमा रहेको जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २६औं स्थापना दिवस सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू गरि मनाउने भएको छ । स्थापना दिवसको पहिलो दिन पौष ११ गते वृहत रक्तदान कार्यक्रम तथा लैङ्गिक हिंसा सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको छ ।

संस्थाको युवा परिचालन र महिला परिचालन उपसमितिको आयोजनामा वीरेन्द्रनगर नगरपालिका वार्ड नं ८ स्थित कालुङ्चोकमा सम्पन्न रक्तदान कार्यक्रममा ८ जना महिला र ३२ जना पुरूष गरि ४० जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा कर्णाली प्रदेशमै सबैभन्दा धेरै ८५ औं पटक रक्तदान गरिसक्नुभएका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवासकुमार शाक्यलाई सम्मान गरिएको थियो ।

यसैगरी संस्थाको मुख्य कार्यालयमा लैङ्गिक हिंसा सम्बन्धि सचेतनामूलक कार्यक्रममा ५० भन्दा बढी महिला सदस्यहरुको उपस्थित रहेको थियो । पौष ११ देखि १८ गतेसम्म सप्ताहव्यापी दिवस मनाउने जनाइएको छ ।



Leave a comment