हाइलाइट

स्थापना दिवसमा जनउत्थान साकोसद्धारा ८३० जना जेष्ठ सदस्यलाई सम्मान

स्थापना दिवसमा जनउत्थान साकोसद्धारा ८३० जना जेष्ठ सदस्यलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । रुपन्देहीमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले १९औं वार्षिक उत्सव–२०८१ विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १० वटै सेवा केन्द्रहरुमा एकै साथ कार्यक्रम गरेको हो ।

संस्थाले विविध सामाजिक कृयाकलाप तथा सदस्य सेवा कार्यक्रमहरु अन्तरगत ८३० जना ७० वर्ष कटेका जेष्ठ शेयर सदस्यहरुलाई एक किलो मह, सल र कपबाट सम्मान गरेको छ ।

त्यसैगरी ८० जना प्लस टु र ब्याचलर पढ्ने विद्यार्थीहरुलाई ५र५ हजारको दरले जनउत्थान छात्रवृत्ति वितरण र ३० जना बाख्रापालक सदस्यहरुलाई २०र२० हजार रुपैया २ वर्षे निब्र्याजी ऋण सहयोग पनि उपलब्ध गराएको संस्थाले जनाएको छ ।

सबै सेवा केन्द्रहरुमा ३र३ जना गरि जम्मा ३० जनालाइ अधिकतम संरक्षित पुँजीकोष प्राप्त गर्ने शेयर सदस्यहरुलाई विशेष पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा ऋण बीमा अन्तरगतको बुटवल ११ देवीनगरका होम बहादुर छन्त्याललाई १० लाख रुपैया र तिलोत्तमा १७ पिप्राहका सीतादेवी थारु, ओम सतिया १ कटैयाको माधुरी चौधरीको परिवारलाई ५र५ लाख रुपैया रकम हस्तान्तरण गरेको छ ।

त्यसैगरी सेवा केन्द्रबाट २३ वटा टोल विकास संस्था तथा आमा समूहहरुलाई ५र५ हजार गरि १ लाख १५ हजार र सबैलाई ८(१२ वटा सम्म कुर्सीहरुको व्यवस्था गरिएको छ।

त्यसैगरी विभिन्न विद्यालयहरुलाई सिलिङ फ्यानको पनि वितरण गरिएको थियो । यी लगायत सदस्यहरुलाई सहकारी शिक्षा दिने उद्देश्यले सबै सेवा केन्द्रहरुमा सहकारी हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो ।

कार्यक्रममा बाल, महिला र दम्पति खेल खेलाइएको थियो । त्यसैगरी सेवा केन्द्रहरुमा निःशुल्क चिट्ठा कार्यक्रम अन्तर्गत ४१ वटा राइस कुकरहरुको प्रदान गरिएको संस्थाले जनाएको छ ।



Leave a comment