रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३३औं वार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ । सभाले साकोस अभियानलाई थप मर्यादित र व्यवस्थित गर्न ४ बुँदे साझा संकल्प प्रस्ताव समेत पारित गरेको छ ।
१६ वर्षपछि काठमाडौं उपत्यका बाहिर आयोजना गरिएको नेफ्स्कूनको वार्षिक साधारणसभाले साकोस अभियानलाई नयाँ उर्जा र दिशा दिर्ने संकल्प गर्दै सम्पन्न भएको हो ।
सभाबाट संघका गतिविधि, रणनीति र क्रियाकलापहरु, आय, व्यय र प्रगति प्रतिवेदनहरु तथा प्रस्तावित कार्यक्रमहरु पारित गरेको थियो । सभामा साकोस अभियानका असल अभ्यासहरु, चुनौतीहरु र सम्भावनाहरु, भावी रणनीतिक मार्गचित्र पारित गरेको छ ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित सभाको दोस्रो दिन सभाले संघको आर्थिक वर्ष २०८० / ८१ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८१ / ८२ को प्रस्तावित नीति तथा कार्यक्रम पारित गरेको छ । यसैगरी संघको गत आर्थिक वर्षको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि पनि छलफलसहित पारित गरेको छ ।
सिङगो सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सहभागी सभामा संघका महासचिव घनश्याम अधिकारीले महासचिवको प्रतिवेदन,कोषाध्यक्ष दिपक थापाले कोषाध्यक्षको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराजज्योति पौडेलले लेपरिक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सदस्यहरुले वित्तीय सुशासनलाई केन्द्रमा राखेर सदस्य केन्द्रीत भई काम गर्न समितिलाई सुझाएको छ । भाखा नाघेको ऋण असुलीलाई तीब्रता, सञ्चालन खर्चमा सुधार, दूर दराजका सहकारीहरुको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने बताए ।
वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन, सफ्टवेयरका समस्याहरुको दिगो समाधान, स्थिरीकरण कोषको प्रभावकारी काउन्सीलिङ, प्रोफिट भन्दा सर्भिस मोटिभमा जोड दिन सदस्यले सुझाव दिएका थिए ।
प्रारम्भिक संस्थाहरुको शसक्तीकरण रणनीति, सञ्जाल साझेदारीको प्रभावकारिता अभिवृद्धि, छुट्टै बचत ऋण सहकारी ऐनको पहल सहभागीहरुले दिएका थिए ।
त्यसैगरी कर्जा सूचना केन्द्र, कर्जा असूली न्यायाधिकरण लगायत साकोस अभियानका मुद्दाहरुमा सघन बहसपैरवी, विकास साझेदार निकायहरुको खोजी तथा समन्वयमार्फत दूरदराजका सदस्य संघ संस्थाहरुको क्षमता विकास आदिकुरामा सुझाव राखेका छन् ।
संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेफ्स्कूनको गरिमामय लिगेसी कमजोर बनाउने गरी कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गरे । उलले इमानदारीपूर्ण गरेको मिहिनेत नतिजामा परिणत हुनुपर्ने धारणा सिङ्गो सञ्चालकको रहेको भन्दै ‘इररलेस’ काम गर्ने प्रतिवद्धता गरे ।
उनले स्थिरीकरण कोषको कार्यविधि संशोधनमार्फत जोखिम सुपरिवेक्षणको काम सुरु गरिएको बताए । ऋण असुलीमा निर्मम तरिकाले काम गरिएको भन्दै अझै निर्ममतापूर्वक जाने बताए । उनले भने, हामी २२ अैं जानाको स्पिड बढेको छ र स्प्रिरिट पनि मिलेको छ ।
Leave a comment