रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३३औं वार्षिक साधारण सभा संघिय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुष ५ गते भएको संघको बार्षिक साधारण सभाको नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षता रहेको छ ।
लुम्विनि प्रदेशमा भएको सभामा केन्द्रबाट तीन दर्जन बढी अतिथिहरुलाई लगिएको छ । सभामा लुम्बिीनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका सहकारी विभाग प्रमुखहरु देवेन्द्र कडेल, खगराज अधिकारी र लिलामणी पोखरेलको पनि सभगागिता रहेको छ।
त्यसैगरी सहकारी मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल, बुटवल उप–महानगरपालिकाका प्रमुख तथा उप्रमुख खेलराज पाण्डेय र सावित्री देवी अर्याल अतिथि रहेका छन् । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष आमेदेवी मल्ल तथा विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरुलाई पनि अतिथिका रुपमा बोलाइएको छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र गिरी, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी, यसैगरी, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई पनि संघको साधारण सभामा निम्तो दिइएको छ ।
रजिष्ट्रार पिताम्बर घिमिरे, संघका पूर्व अध्यक्षहरु, लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपाल, नेफ्स्कून पूर्व सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुको पनि उपस्थिति रहेको संघले जनाएको छ ।
संघको रणनीतिक साझेदार निकायका प्रतिनिधिहरु, संघका पूर्व प्रमुख कार्यकारी अधिकृतहरु, स्थानीय बुद्धिजीवी तथा पत्रकारहरु लगायतको आतिथ्यता रहेको छ । यसैगरी सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिसँगै डा.शिवजी सापकोटा नेतृत्वको व्यवस्थापन समूह, देशभरबाट सहभागी सदस्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको जनाइएको छ ।
नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाबाट चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ सञ्चालक समिति तथा इन्द्रराजज्योति पौडेलको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्वाचित भएपछिको यो पहिलो बार्षिक साधारणसभा हो । यसअघि नेफ्स्कूनले मोरङको लेटाङ तथा विराटनगर, बाँकेको नेपालगञ्ज र गोरखामा वार्षिक साधारण सभा गरिसकेको जनाइएको छ ।
Leave a comment