काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को २१ औं वार्षिक साधारण सभा पुष १९ गते शुक्रबार हुने भएको छ । दियो महल धुम्बाराही काठमाडौंमा साढे १२ बजेदेखि सुरु हुने सभामा प्रतिनिधिहरुको नाम दर्ता भने साढे ११ बजेदेखि नै हुने जनाइएको छ ।
संघको मंसिर १२ गते बसेको संचालक समितिको १९१औं बैठकको निर्णय अनुसार साधारण सभाको मिति तय गरेको हो । सभामा आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक प्रगति प्रतिवेदन र २०८१ / ०८२ को प्रस्तावित योजना, नीति तथा कार्यक्रमहरु प्रस्तुत हुनेछन् । त्यसैगरी आर्थिक वर्ष २०८० / ०८१ को आर्थिक प्रतिवेदन र २०८१ / ०८२ को प्रस्तावित बजेट, बाह्य लेखा परीक्षण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्ततुत हुनेछन् ।
सभामा २०८१ / ०८२ को लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण, आन्तरिक नीति तथा कार्यविधि संशोधन तथा पारित, सञ्चालक समितिबाट २०८० र ०८१ मा गरेको निर्णय तथा कारोबारको अनुमोदन प्रस्तावहरु प्रस्तुत हुने जनाइएको छ ।
त्यसैगरी सभामा कोष तथा शेयर लाभांश वितरणलगायतका प्रस्ताव प्रस्तुत गरिने संघका महासचिव निरञ्जन सेढाईले जानकारी दिए । उनले पौष १२ गते सम्म प्रतिनिधी मनोनयन सम्बन्धी संस्थाको पत्र पेश गरिसक्नु पर्ने र त्यसकालागि २०८१ / ०८२ को नियमित मासिक बचत पौष १२ गते भित्र जम्मा गरि सदस्यता नवीकरण गरिसक्नु पर्ने जनाए । नियमित मासिक बचत बुझाई सदस्यता नवीकरण नगर्ने संस्थाको प्रतिनिधित्व नहुने जानकारी दिए ।
Leave a comment