हाइलाइट

किसान साकोसमा नविन प्रविधिको सेवा सुरु

किसान साकोसमा नविन प्रविधिको सेवा सुरु :: Sahakari Akhabar

काठमाडौं । गैंडाकोट नवलपुरमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले नवीन प्रविधिको भ्वाईस सोलुसन्स ईन्ट्रिगेटड इआरपी कोर बैंकीङ्ग सेवा सुरु गरेको छ । यो सेवा सहकारी क्षेत्रमै नेपालमा पहिलो भएको संस्थाको दावी छ ।

संस्थाले सुरु गरेको यो सेवाले सहकारीको आन्तरिक नियन्त्रण तथा सदस्य सेवामा नव आयम हुने अपेक्षा गरिएको छ । संस्थाले इआरपी कोर बैंकीङ्ग सेवामा अन्तरनिहित ऋण व्यवस्थापन प्रणाली, अन्तरनिहित मानव संसाधन व्यवस्थापन प्रणाली, अन्तरनिहित बजेट निर्माण तथा प्रक्षेपण जस्ता प्रविधि रहने जनाइएको छ ।

यो सेवाले संस्थाको कार्यक्षमता वृद्धि गर्न र एआई सक्षम अनपेक्षित क्रिया पहिचान संयन्त्र जस्ता प्रविधिले संस्थाको आन्तरिक नियन्त्रण र अनुगमन संयन्त्रलाई चुस्त बनाउने तथा सदस्य सेवालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

कोर बैंकीङ्गमा अन्तरनिहित भ्वाईस सेवा प्रविधिले सदस्य हेरचाह तथा ऋण व्यवस्थापन प्रणाली अत्याधुनिक र प्रभावकारी बनाउने संस्थाका प्रमुख कायकारी अधिकृत जिवलाल तिवारी बताउँछन् । उनले आगामी दिनमा पनि सदस्य सेवालाई केन्द्रमा राखेर आटोमेशनमा जान नयाँ प्रविधिहरु उपयोगमा ल्याउने बताए ।

संस्थालाई सिनर्जी टेक सफ्टवेयरले यो सेवा उपलब्ध गराएको हो । यो सेवामा एसएमएसले मोबाईलमा अक्षर लेखी जानकारी पठाए जस्तै यस भ्वाईस सेवा प्रविधिले नेपाली भाषामा ध्वनीको माध्यमबाट सदस्यहरुलाई जानकारी गराउने र अन्तरनिहित आइभीआर र कल सेन्टर जस्ता अत्याधुनिक आवाज प्रविधिको माध्यमबाट सदस्यहरुलाई प्रभावकारी सेवाहरु उपलब्ध गराउने जनाइएको छ ।

समृद्ध सदस्य, दिगो साकोस भन्ने उद्देश्यका संस्थाले सदस्यहरुलाई उन्नत प्रविधि सहितको सेवा सुविधा प्रदान गर्न सधै तत्पर रहेकोले सहकारीमा पहिलो पटक सञ्चालन हुने यो नवीन सेवाले विशेषत ज्येष्ठ नागरिकहरुलाई सेवा तथा सूचना प्रदान गर्न सहज हुने संस्थाका अध्यक्ष भोजराज पौडेलले बताए ।

२०५२ सालमा २५ जना किसानहरुबाट स्थापना भएको किसान साकोस हाल १ लाख शेयर सदस्य पुगेका छन् । त्यस्तै संस्थाले अन्य २५ सहकारी एकीकरण गरेका छ भने संस्थामा ४ अर्ब कूल सम्पत्ती रहेको छ । नवलपरासी, चितवन र तनहुँ जिल्ला गरि ४ प्रदेश संस्थाको कार्यक्षेत्र रहेको छ ।



Leave a comment