हाइलाइट

दक्षिण बाराही महिला साकोसको २६औं वार्षिक साधारण सभा सम्पन्न

दक्षिण बाराही महिला साकोसको २६औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको अध्यक्षता तथा बागमती प्रोस्कूनका सञ्चालक एवं भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

प्रमुख अतिथि लाखाजुले सहकारीका शेयर सदस्यहरुको सभालाई साधारण सभा भनेर ऐनमा लेखिएपनि यो साधारण सभा नभएको बताए । उनले  दक्षिण बाराही महिला साकोसले गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै श्रीलंकाको श्रमिक सहकारीको उदाहरण प्रस्तुती सहित सहकारीको आवश्यकता र महत्व बारेमा प्रकाश पारेका थिए ।

साधारण सभाको अध्यक्षता गर्दै संस्थाकी अध्यक्ष ढुंगेलले समुदायमा बसोबास  गरेका महिला  दिदीबहिनीहरुको लागि ‘महिलाहरुको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको लागि दक्षिण बाराही’ भन्ने मूल नारा लिई २०५५ चैत्र १ गते  तत्कालिन डिभिजन सहकारी कार्यालय, भक्तपुरमा  रुपमा दर्ता भएको बताइन् ।

२५ जना शेयर सदस्यको २ हजार ५०० शेयर पूँजीबाट  शुरु भएको संस्थाले आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको जनाइन् । झोलाबाट शुरु भएको  संस्थाले शेयर सदस्यहरुको साथ र सहयोगको फलस्वरुप सूर्यविनायक नगरपालिका (४, दधिकोटमा ३ आना १ पैसा जग्गा खरीद गर्न सफल भएको सभामा जानकारी दिइन् ।

साधारण सभामा त्यसै संस्थाकी सचिव पार्वती घिमिरे भण्डारीले संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष तारा खतिवडा सापकोटाले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सृजना थापा खड्काले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए  ।

शेयर सदस्यहरु बीच छलफल गरि साधारण सभाले संस्थामा १० प्रतिशत शेयर पूँजी बृद्धि गर्ने लगायतका निर्णय सहित  प्रतिवेदनहरु पारित गरेको छ  । आर्थिक वर्ष २०८०र०८१ मा शेयर सदस्य संख्या १ हजार २६९, शेयर पूँजी १ करोड ५६ लाख, ऋण लगानी ११ करोड ६२ लाख, ऋण असुली १० करोड ५५ लाख  र बचत संकलन ७ करोड  ८१ करोड सभामा जानकारी दिइयो ।

साधारण सभामा संस्थाका जेष्ठ शेयर सदस्य, एकल तथा स्वरोजारगारमूलक कार्य गरिरहेका सदस्यहरु, एसईई उत्कृष्ट मा उत्कृष्ट जीपीए  साथ उत्तीर्ण गरेका शेयर सदस्यहरुका छोराछोरीलाई सम्मान गरिएको थियो। त्यसै संस्थाकी उपाध्यक्ष शारदा थापाले स्वागत मन्तव्य र सचिव पार्वती घिमिरे भण्डारीले साधारण सभा सञ्चालन गरेकी थिइन् ।  गत वर्ष झै ॐ समाज डेण्टलका स्वास्थ्यकर्मीहरुको प्राविधिक सहयोगमा  साधारण सभामा सम्पन्न दन्त शिविर गरिएकको ९० जनाको दात परीक्षण गरिएको  थियो  ।



Leave a comment