हाइलाइट

सहकारीबाट ऋण लिएर चुनाव लडेः मन्त्री चौधरी

सहकारीबाट ऋण लिएर चुनाव लडेः मन्त्री चौधरी :: Sahakari Akhabar

काठमाडौ । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री लक्ष्मणकिशोर चौधरीले आफू सहकारीबाट ऋण लिएर चुनाव लडेकोले सफल भएको बताएका छन् । उनले आफू निर्वाचन लड्दा सहकारीले ऋण दिएको र सफल भएको बताएका हुन्।

कैलालीको टीकापुरमा रहेको नवजीवन सहकारी संस्थाको ३१ औँ वार्षिक साधारण सभाको एकाइगत साधारण सभामा मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् । संस्थाका अध्यक्ष देवबहादुर बमको अध्यक्षतामा भएको सभामा मन्त्री चौधरीले केही व्यक्तिका कारण सहकारी देशब्यापी रुपमा बदनामी भैरहेको र राजनीतिक रुपमा निराकरण हुन नसक्दा समस्या बल्झिएको बताए ।

मन्त्री चौधरीले कैलाली जिल्लाको आर्थिक विकासमा नवजीवन सहकारीको ठूलो योगदान रहेको बताए । सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बमले २०८१ असार मसान्तमा सहकारीको शेयर पूँजी ३० करोड ८० हजार, शेयर सदस्य ३४ हजार ३९५ पुगेको, जगेडा तथा कोषहरुमा ६२ करोड रुपैयाँ रहेको जानकारी दिए ।

यस्तै २०८१ असार मसान्तमा ४ अर्ब ४ करोड रुपैयाँ लगानी, खुद मुनाफा १६ करोड ४१ लाख रहेको र भाका नाघेको ऋण ३ प्रतिशतमा मात्र रहेको बताए । उनले सदस्यहरुलाई १३ प्रतिशत लाभांश वितरण गरिने जानकारी दिएका छन् । सहकारीले करिब ५० लाख रकम शेयर सदस्यहरुको हितमा सहयोग गरेको जानकारी दिइएको छ ।

सहकारीले सुदूरपश्चिम र लुम्विनी प्रदेशमा गरी १० वटा सेवा केन्द्र, लघुवित्त कार्यक्रम र कुटानी पिसानी गर्ने मिलसहितको कृषि उपआयोजना सञ्चालन गरिरहको जनाइएको छ । सहकारीको काठमाडौं र डडेलधुरामा सेवाकेन्द्र खोल्ने अनुमति विभागबाट लिएको छ ।

बन्द सत्रमा शेयर सदस्यहरुले पदाधिकारी र कर्मचारीहरुको खर्च बढेको, लाभांश कम भएको गुनासो गरेका छन् । अध्यक्ष बमले २०७४ सालमा तय भएको पदाधिकारी भत्ता र कर्मचारी लगानी अनुसार कर्मचारी कम भएको जानकारी दिए । सभामा टीकापुर र जोशीपुर शाखाका असल ऋणी र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । 
 



Leave a comment