हाइलाइट

राष्ट्रसेवक सहकारीको बार्षिक साधारणसभाको समिक्षा 

राष्ट्रसेवक सहकारीको बार्षिक साधारणसभाको समिक्षा  :: Sahakari Akhabar

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारीको २६ औं बार्षिक साधारणसभाको समिक्षा एवमं आसन्न दशैं, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार विराटनगरमा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागिहरुले साधारण सभा भव्य र सभ्य रुपमा सम्पन्न भएको प्रतिक्रिया दिएका थिए ।

उनीहरुले ११७७ जना सदस्य सहभागि साधारण सभामा कुनै पनि अप्ठ्यारो नभई व्यवस्थित भएकोमा सञ्चालक समितिलाई धन्यवाद समेत दिएका थिए । 

सहकारीका अध्यक्ष जीवन काफ्लेले सहकारी सदस्यको नै भएका कारण सदस्यलाई सहज हुने हिसाबले सञ्चालक समितिले काम गरिरहेको र आगामि दिनमा पनि अझ सहज बनाउनेतर्फ लाग्ने बताए ।

‘सहकारीमा हामी सबै मालिक हौं’, उनले भने, ‘हामीलाई सदस्यको पैसाको सुरक्ष गर्नमात्र पठाउनुभएको हो । त्यसैले सञ्चालक समितिले सदस्यको हित र सहजका निम्ति प्रयत्न गरिरहेनेछ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष पोखरेलले सहकारीको क्षेत्र सामाजिक, आर्थिक साँस्कृतिक, वातावरण रहेको बताउँदै यसमा सहकारीहरु लाग्नुपर्ने बताए ।

उनले राष्ट्रसेवक साकोसले सदस्य प्रतिको चासोलाई आत्मसात गर्नु उत्कृष्ट कार्य भएको बताए । सहकारीले साधारणसभा पछि सदस्यहरुसँग बसेर समिक्षा गर्ने कार्य राष्ट्रसेवकको नयाँ र नौलो तरिकाले अरुले पनि अनुसरण गर्नुपर्ने उनको भनाई थियो ।

अप्ठ्यारो परिस्थितिबाट अब सहकारीहरु प्रगतिको पथमा अगाडि बढ्ने बताउँदै पोखरेलले अहिले देखिएको सहकारीको शाखलाई उच्च बनाउने काम राष्ट्रसेवक सहकारी जस्ताको दायित्व रहेको पोखरेलले बताए । सरकार पनि सहकारीप्रति सकारात्मक रहेको र केहि दिनमा सहकारीका लागि महत्वपूर्ण काम हुने उनको भनाई थियो ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी मोरङ र नेपाल निजामति कर्मचारी संगठन मोरङको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका प्रदेश अध्यक्ष काशी पराजुली, जिल्ला अध्यक्ष शालिग्राम कोईराला, सञ्चालक समिति सदस्य कमला दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।



Leave a comment