हाइलाइट

बागमती प्रोस्कून पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई 

बागमती प्रोस्कून पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई  :: Sahakari Akhabar

काठमाडौं । नेपालपत्र न्यूज डटकमका सम्पादक माधव खड्कालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । आज काठमाडौंमा आयोजित संघको चौथौं बार्षिकोत्सव तथा पाँचौं स्थापना दिवसको अवसरमा सम्पादक खड्कालाई पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

पत्रकारिताका माध्यमबाट सहकारी क्षेत्रको विकास र प्रवद्र्धनमा निरन्तर कलम चलाएको भन्दै यस वर्षको पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई दिने बागमती प्रोस्कूनले जनाएको छ । पुरस्कार संघको आगामी साधारण सभामा प्रदान गर्ने जनाइएको छ । नेपाल सहकारी पत्रकार समाजका कोषाध्यक्ष समेत रहेका खड्का विगत लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् ।



Leave a comment