काठमाडौं । उपसना महिला बचत तथा ऋण सहकारी संस्थाको बार्षिकोत्सवको अवसरमा आँखा शिविर संचालन गरेको छ । संस्थाको १६ औं बार्षिकोत्सवको अवसरमा आइतबार ६ गते संस्थाले आँखा शिविर गरेको हो। कार्यक्रममा सोही नगरपालिका वडा १ का अध्यक्ष रामेश्वर लामाको प्रमुख आतित्थ्यता रहेको थियो । शिविरबाट ९० जनाले स्वास्थ्य सेवा लिएका थिए ।
साथै संस्थाले बार्षिकोत्सवको अवसरमा नागर्जुन नगरपालिका १ मा रहेको बन्दी सहायता नियोग केन्द्रमा रहेका अभिभावक जेलमा परेका २९ जना बालबालिका तथा कर्मचारी गरी ३५ जनालाई खाना खुवाएको थियो । सदस्य तथा संस्थाको सहकार्यमा बालबालिकाहरुलाई आँखा उपचारमा सहयोग गरेको जनाइएको छ ।
त्यसैगरी केन्द्रमा रहेका बालबालिकाहरुको आखाँ उपचारमा लाग्ने केही रकम संस्थाका कर्मचारीले सहयोग गरेका थिए । सस्थाले हरेक वर्ष बार्षिकोत्सवको अवसरमा यस्ता विभिन्न सामाजिक कार्य गर्दै आएको संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले जनाइन् ।
Leave a comment