हाइलाइट

जनकल्याण साकोसले विद्यार्थीलाई ‘समृद्धिकालागि सहकारी’ विषयमा निवन्ध लेखन प्रतियोगिता गराउने

जनकल्याण साकोसले विद्यार्थीलाई ‘समृद्धिकालागि सहकारी’ विषयमा निवन्ध लेखन प्रतियोगिता गराउने :: Sahakari Akhabar

काठमाडौं । धादिङको बेनीघाटमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले समृद्धिकालागि सहकारी विषयमा निवन्ध लेखन प्रतियोगिता गराउने भएको छ । संस्थाको कार्यक्षेत्र भित्र रहेका विद्यालयहरुका ९ र १० का विद्यार्थीहरु बिच लेखन प्रतियोगिता गर्ने भएको हो ।

संस्थाको कार्यक्षेत्र बेनिघाट रोराङ गापा, गजुरी गापा, गल्छी गापा र सिद्धलेक गापा भित्रका सम्पूर्ण विद्यालयहरुका ९ र १० कक्षाका १ जना छात्र र १ जना छात्राहरु बिच प्रतियोगिता हुने जनाइएको छ । असार १४ गते शुक्रबार बिहान ११ बजेदेखि संस्थाको मुख्य कार्यालयमा हुने प्रतियोगितामा सहभागीले उक्त विषयमा ५ सय शब्दमा नबढाई निवन्ध लेख्नुपर्ने छ।

धादिङको मलेखु, बैरेनी, आदमघाट, बेनीघाट, गजुरी र चरौंदीमा सेवाकेन्द्र रहेको संस्थाको जेठ मसान्तसम्म शेयर पूँजी १२ करोड २१ लाख ५ हजार ३०० रुपैंयाँ तथा बचत ९० करोड ६४ लाख ९३ हजार ६८१ रुपैंयाँ रहेको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा ८ करोड ४३ लाख ५२ हजार१९० रुपैंयाँ तथा अन्य कोषहरुमा ७ करोड २ लाख ५७३ रुपैंयाँ रहेको जनाइएको छ।

संस्थाको कुल सम्पत्ति १ अर्व २६ करोड ८१ लाख ४२ हजार २४४ तथा संस्थागत पूँजी १० करोड ३१ लाख ९५ हजार र लगानीमा रहेको ऋण ७८ करोड २७ लाख ९६ हजार ९६९ रुपैंयाँ रहेको जनाइएको छ । ९ हजार ६७७ जना कुल सदस्य रहेको संस्थामा १ हजार ९ सय ३८ जनामा ऋण लगानी रहेको छ । संस्थासंग ४२ प्रतिशत अर्थात ३८ करोड ७ लाख ३२ हजार ४८७ रुपैंयाँ तरलता रहेको छ । 



Leave a comment