काठमाडौं । बिरेन्द्रनगर सुर्खेतमा रहेको जनहितकारी बचत तथा ऋण सहकारी संस्था संस्थागत क्षमता बृद्धि तथा नेतृत्व रुपान्तरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नमराज कंडेलको अध्यक्षतामा आयोजित ३ दिने तालिममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हरिहरनाथ योगीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई राष्ट्रिय सहकारी महासंघका सूचना अधिकृत रामसुधन तिमिल्सिले सहजीकरण गरेका थिए ।
तालिममा संस्थाका संचालक तथ उच्च व्यवस्थापनलाई संस्थाको दिगो विकासका लागि विभिन्न विषयमा माइन्ड सेट, मेडीटेसनका साथै योजना, समय व्यवस्थापन र व्यक्तित्व रुपान्तरण बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष तिर्थराज गिरी तथा महिला उपाध्यक्ष राधा कार्कीलगाएतको उपस्थितिमा संस्थाका सचिव यामराज गिरीले कार्यक्रम संचालन गरेका थिए ।
Leave a comment