हाइलाइट

सहकारी दिवसको अवसरमा मोटर साइकल र्याली

सहकारी दिवसको अवसरमा मोटर साइकल र्याली :: Sahakari Akhabar

विराटनगर । राष्ट्रिय सहकारी दिवसको अवसरमा मोटर साइकल र्याली निकालिएको छ । मोरङको उर्लाबारी, पथरिसनिश्चरे बिराटनगर लगाएतका ठाउँमा एकै दिन एकै समय शुक्रबार र्याली निकालिएको हो । र्यालिमा सहकारी अभियान्ता तथा सहकारीकर्मीहरुको बाक्लो सहभागीता रहेको थियो ।

जिल्ला सहकारी संघ मोरङ मुल आयोजक समितिले साताब्यापी विभिन्न कार्यक्रम गरिरहेको छ भने सहकारी सस्थाहरुले पनि विभिन्न  सामाजिक कामहरु गर्दै आएका छन ।

विराटनगरमा शुक्रबार दिउँसो ३ः३० बजेदेखि निकालिएको र्यालीमा हजारौँको संख्यामा सहकारी अभियान्ताहरुको सहभागीता रहेको मुल आयोजक समितिका संयोजक डा डिल्ली पोखरेलले बताए ।  विराटनगरस्थित पुष्पलाल चोकबाट निकालिएको मोटरसाइकल र्यालीले नगर परिक्रमा गरेको थियो ।

जिल्ला सहकारी संघको आयोजनामा चैत २० गते विराटनगरमा हुने तय गरिएको राष्ट्रिय सहकारी दिवस भव्य बनाउन सबै सहकारीका सञ्चालकहरु आ–आफ्नो क्षेत्रबाट लागि परेको प्रचारप्रसार उपसमितिका सह–संयोजक अविनाशकुमार निधीले जानकारी दिए ।

प्रदेश सरकार, बिराटनगर महानगरपालिका र अभियानले संयुक्त कार्यक्रम गर्ने भएका छन  । पछिल्लो समयमा सहकारीमा देखिएको नकारात्मक धारणा चिर्न पनि सहकारी अभियानले दिवसलाई भब्य रुपमा मनाउने जनाएको छ ।



Leave a comment