बिराटनगर । जिल्ला सहकारी संघ र जिल्ला बहुउद्देश्यीय संघ मोरङले होली मिलन कार्यक्रम आयोजना गरी होली मनाएका छन । विराटनगरमा सहकारी अभियान्ता तथा सहकारीकर्मीबिच गरिएको होली मिलन कार्यक्रममा एक आपसमा अविर लगाएर शुभकामना आदानप्रदान गरेका थिए।
सो अवसरमा मनोरञ्जनसमेत गरिएको थियो । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल र प्रदेश सहकारी निमित्त रजिस्ट्रार हरीबहादुर खत्रीलगाएतको सहभागीतामा होली मिलन कार्यक्रम सम्पन्न भएको हो । जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सद्भावको पर्व होलीले सहकारीमा देखिएको कालो दाग हट्नेमा सहकारी अभियान्ताहरुले बिश्वास गरेका छ्न ।
Leave a comment