हाइलाइट

वित्तीय व्यवस्थापन तालिम सम्पन्न

वित्तीय व्यवस्थापन तालिम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले वित्तीय व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तालिम संघको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा संघको तालिम हलमा शनिबार सम्पन्न भएको हो ।

संघका कोषाध्यक्ष कान्छाभक्त घजुले संस्थामा रहेको वित्तीय स्रोतको प्रभावकारी व्यवस्थापन र सुशासन नहुँदा सहकारीमा तरलताको जोखिम, लगानीको जोखिम, संचालन जोखिमलगायतका समस्याहरु देखिएको बताए उनले संस्थालाई मजबुद बनाउन ऋण नोक्सानी कोषको व्यवस्था, सदस्यको धन तथा धित्तो जमानीमा मात्र ऋण प्रवाह र तरलता व्यवस्थापनलाई ध्यानदिनुपर्ने बताए ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीको दिगो विकासको लागि दिगो वित्तिय व्यवस्थापन गर्नुपर्ने बताए । उनले सहकारीमा शेयर दायित्वलाई कम गर्दै जगेडा कोषलाई बढाउन सके लाभांशमा सकस नपर्ने बताए। उनले सहकारीमा बचतको विविधिकरण अन्तर्गत नियमित बचत र अन्य बचतको न्यूनतम मौज्दात कायम रहेन दिर्घकालीन दायित्वको भारलाई बढाउदै लैजानसके वित्तीय स्थिरतामा टेवा पुग्ने बताए ।

तालिमका सहजकर्ता ज्ञानमणि न्यौपानेले तालिममा सिकेका कुराहरु व्यवहारिक प्रयोगमा ल्याएमा मात्र तालिमको सार्थकता रहने बताए । उनले सिकाइ कहिल्यै पनि नसकिने विषय भएकोले निरन्तर सिक्ने इच्छा चाहानालाई उर्जाशिल बनाई राख्नुपर्ने विचार राखे । तालिममा सहभागीहरुले सहकारीमा वासलातको प्रभावकारी व्यवस्थापन, आम्दनी खर्च, कोष, व्याजदर निर्धारण, कोष बाँडफाँड लगाएताका विषयमा प्रभाकारी सिकाई भएको बताए ।



Leave a comment