विराटनगर । मोरङको रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी सस्थाले रंगेली नगरपालिका वडा नं। ३ स्थित बाबुसाहेब टोलाका अग्नि पिडित दिदी बहिनीहरुलाई ३५ थान साडी हस्तान्तरण गरेको छ ।
घटनास्थलमा नै पुगी संस्थाका अध्यक्ष ईन्जिनियर कमलेश्वर ठाकुर लगायत संस्थाका अन्य पदाधिकारी सहित रंगेली नगर पालिका उपमेयर, वडा नं ३ का वडाध्यक्ष समाजसेवी जनप्रतिनिधि आदिको उपस्थितिमा साडी वितरण गरेको हो । केही दिन अघि लागेको आगलागीबाट बस्ती नै सखाप भएको थियो ।
Leave a comment