हाइलाइट

जिल्ला संघ काभ्रेले सहकारी दिवसको अवसरमा लोकगीत प्रतियोगिता गर्ने

जिल्ला संघ काभ्रेले सहकारी दिवसको अवसरमा लोकगीत प्रतियोगिता गर्ने :: Sahakari Akhabar

काभ्रे । जिल्ला सहकारी संघ काभ्रेले सहकारी दिवसको अवसरमा लोकगीत प्रतियोगिता गर्ने भएको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा संघले जिल्लास्तरीय लोकगीत प्रतियोगिता गर्न लागेको हो । आगामी चैत्र २० हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन चाहनेले चैत्र १७ गतेभित्र नाम लेखाउनुहुन संघसंस्थाहरुलाई संघले अपील गरेको छ ।

सहकारी सम्बन्धी सन्देशमूलक गीत प्रस्तुत गर्नुपर्ने प्रतियोगितामा एउटा संस्थाबाट ७ जनासम्म सहभागि हुन सक्ने छन् । प्रत्येक संस्थालाई ७ मिनेटको समय दिइनेछ र प्रतियोगीहरुमध्येबाट प्रथम, द्वितीय, तृतीय, सान्त्वना नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।



Leave a comment