भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले दुई दिवसिय आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न गरेको छ । संघको संस्थागत विकास उपसमितिको आयोजनामा संघको तालिम हलमा दुई दिवसिय आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न गरेको हो ।
बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत नवराज धोरासाइनेले तालिमको सहजिकरण गरेका थिए । उनले सहकारीमा लेखासुपरिवेक्षण समितिको भुमिका धेरै हुने भएकोले निरन्तर तालिम लिई अद्यावधिक हुनुपर्ने बताए । उनले आन्तरिक लेखापरिक्षणका परिचय, अवधारण, ज्ञान सिप, क्षेत्र, चरण, प्रतिवेदन, कानुनी व्यवस्थालगायतका विषयमा सहजीकरण गरेका थिए । तालिममा संघमा संस्थाहरुबाट २८ जना लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
संघका सचिव जगनाथ प्रजापतिले सहकारीमा समस्या आन्तरिक र बाह्य कारणहरुले देखापरेको बताए । उनले सहकारीमा लेखा सुपरिवेक्षण समितिले आफ्नो भुमिकाबाट बिमुख हुँदा समयमै सहकारीको आन्तरिक समस्या समाधान हुन नसक्दा सहकारीमा समस्या बल्झेको बताए ।
सहकारीका लेखा सुपरिवेक्षण समितिलाई सबल र सक्षम बनाउन संघले आन्तरिक लेखापरिक्षण तालिमको आयोजना गरेको जानकारी दिए । सहकारी ऐन कानुन, विधि र सुशासनमा संचालन गरेमा समस्या नआउने भन्दै लेखा समितिले आफ्नो महत्वपुर्ण भुमिका निर्वाह गरी समयमै संचालक, व्यवस्थापन र सदस्यलाई सचेत गराउनुपर्ने बताए ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले संचालक, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापन र सदस्यलाई सहकारी शिक्षाको अभावबाटसहकारीमा समस्या सिर्जित भएको बताए । सहकारीका समिति, उपसमिति, व्यवस्थापन र सदस्यलाई निरन्तर सहकारी शिक्षा तथा तालिम प्रदान गरी आ—आफ्नो भुमिका निभाउन प्रोत्साहन गर्नुपर्ने उनको भनाई थियो ।
Leave a comment