बैठक व्यवस्थापन तथा निर्णय अभिलेखिकरण सम्वन्धि एक दिने तालिम

बैठक व्यवस्थापन तथा निर्णय अभिलेखिकरण सम्वन्धि एक दिने तालिम :: Sahakari Akhabar

विराटनगर । जिल्ला सहकारी संघ मोरङको आयोजना भएको बैठक व्यव्सथापन तथा निर्णय अभिलेखिकरण सम्वन्धि एक दिने तालिम विराटनगरमा सम्पन्न भएको छ । आईतबार सम्पन्न तालिममा मोरङका विभिन्न सहकारीका २९ जनाको सहभागिता रहेको थियो । तालिममा अध्यक्ष, सचिव तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

तालिममा सहभागिहरुलाई जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, कोषाध्यक्ष अमृत गुरुङ र तालिमको प्रशिक्षक राजेश दाहालले प्रमाणपत्र वितरण गरेका थिए । तालिमको समापनमा बोल्दै सहभागि सुनिता बज्रचार्यले गरिरहेको काम भएपनि धेरै कुरा बुझ्न र गर्न बाकी रहेछ भन्ने कुरा थाहा पाएको बताईन ।

आफूहरुले व्यवस्थापकलाई निर्णय लेख्न लगाउने गरेको बताउदै उनले आगामि दिनमा आफैले लेख्ने कोशीस गर्ने पनि बताईन । सहकारीलाई अगाडि बढाउन निर्णय अभिलेख पनि महत्वपूर्ण हुने भएकाले तालिम निकै प्रभावकारी भएको बज्रचार्यले बताईन।

त्यसैगरी अर्का सहभागि अनुप स्याङबोले लामो समयदेखि सहकारीको व्यवस्थापक भएर काम गरिरहेको भएपनि तालिममा केही न केही नया कुरा सिकिने हेतुले आफू सहभागि हुने गरेको बताए  । तालिमबाट धेरै नया कुरा सिकेको बताउँदै बैठकको निर्णय गर्दा छुट्नै नहुने कुराहरुलाई ध्यान दिएर लेख्नुपर्ने बताए । तालिममा सहभागिहरुलाई निर्णय लेख्न दिएको विषयमा २९ जनाले लेखेको निर्णयमा स्याङबोको निर्णय लेखन उत्कृष्ट भएको थियो ।

सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि निर्णय अभिलेखिकरण पनि महत्वपूर्ण हुने भएकाले यससम्वन्धि तालिमको आयोजना गरिएको संघले जनाएको छ । संघका सञ्चालक सदस्य तथा तालिम संयोजक ई.कमलेश्वर ठाकुरले अनुगमनको क्रममा जाँदा निर्णय  लेखन अस्तव्यस्त लागेर तालिमको आयोजना गरिएको बताए ।

निर्णय लेखन क्षमता नहुदा अभिलेखिकरण कमजोर हुने भएकाले पनि तालिमको आवश्यकता महसुस गरेर आयोजना गरिएको र अब छिट्टै अर्को तालिम पनि यही सम्वन्धि आयोजना गरिने ठाकुरले जानकारी दिए । संघका अध्यक्ष डिल्ली पोखरेलले सहकारीको व्यवस्थापकिय कुरालाई सुधार गर्न यस्ता खाले तालिमको आवश्यकता रहेको बताए । सहकारी संस्थाको आवश्यकतालाई मध्येनजर गर्दै संघले तालिमहरु आयोजना गरेको उनले बताए ।



Leave a comment