भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई तिर्थाटन गराएको छ । संस्थाको नियमित तथा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सदस्यलाई विभिन्न तिर्थाटन गराएको हो ।
संस्थाको नियमित कार्यक्रम अनुसार शिक्षा उपसमितिको संयोजनमा माघ २७ गते शनिबार सदस्यहरुलाई तिर्थाटन गराएको हो । संस्थाले सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति सदस्य गरी ६७ जनालाई तारकेश्वर र भुवनेश्वरी भगवतीको मन्दिर दर्शन गराएको संस्थाकी ब्यवस्थापक दिपा क्षेत्री श्रेष्ठले जानकारी दिइन् ।
Leave a comment