हाइलाइट

पोखरेल र सापकोटालाई जिल्ला संघ मोरङको सम्मान

पोखरेल र सापकोटालाई जिल्ला संघ मोरङको सम्मान :: Sahakari Akhabar

विराटनगर । जिल्ला सहकारी संघ मोरङले राष्ट्रिय सहकारी महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित रमेश पोखरेल र नेफ्स्कूनको सञ्चालकमा निर्वाचित लक्ष्मि सापकोटालाई सम्मान गरेको छ । 
संघले शनिबार गरेको बनभोज तथा सम्मान कार्यक्रममा संघका अध्यक्ष डिल्ली पोखरेलले उहाँहरुलाई सम्मान गरेका हुन ।

राष्ट्रिय सहकारी महासंघको पुस अन्तिम साता भएको अधिवेशनमा पोखरेल बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए भने नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको पुस पहिलो साता भएको साधारण सभाबाट सापकोटा सञ्चालकमा निर्वाचित भएका थिए ।

पोखरेल जिल्ला सहकारी संघ मोरङको सल्लाहाकार हुन् भने सापकोटा पूर्व लेखा समिति संयोजक हुन् । स्टार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष समेत रहेका पोखरेल राष्ट्रिय सहकारी बैंकका पुर्व अध्यक्ष पनि हुन । 
 



Leave a comment