हाइलाइट

सर्वोत्थान साकोसको कारोबार १३ करोड, ९ लाख २३ हजार खुद मुनाफा आर्जन 

सर्वोत्थान साकोसको कारोबार १३ करोड, ९ लाख २३ हजार खुद मुनाफा आर्जन  :: Sahakari Akhabar

काभ्रे / बनेपा–४ नालास्थित सर्वोत्थान बचत तथा ऋण सहकारी संस्थाले एक आर्थिक बर्षमा १३ करोड ८६ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको छ ।

१० करोड १८ लाख ८५ हजार १५ रुपैयाँ निक्षेप संकलन गरेको सहकारीले सहकारी क्षेत्रमा देखिएको आर्थिक संकटकाविच ९ लाख २३ हजार ५ सय ८६ रुपैयाँ खुद मुनाफा गरेको सहकारी संस्थाका अध्यक्ष नविनजंग पाण्डेले जानकारी दिए ।

उनका अनुसार, सहकारीले यो बर्ष कृषि, शिक्षा, व्यवसाय, हायर पर्चेज लगायतका क्षेत्रमा ११ करोड १८ लाख ८२ हजार ३ सय २३ रुपैयाँ ऋण लगानी गरेको छ । बनेपा नगरपालिकाभर कार्यक्षेत्र रहेर करिब २४ सय सदस्य रहेको सहकारीमा १८ लाख ५२ हजार २ सय शेयर पुँजी छ ।

८ औं बार्षिक साधारणसभाको अवसर पारेर सहकारी संस्थाले ऋण असल कारोबार गर्ने उमेश पाण्डे, उत्कृष्ट मासिक बचतकर्ता रमिला श्रेष्ठ, उत्कृष्ट बाल बचतकर्ता इभान्जली घिमिरे, इभा थापा, सुर्यवाणी श्रेष्ठ, एलेक्स बोहोरा, उत्कृष्ट दैनिक बचतकर्ता कपिल थापा, सुदिप बस्नेत, सुमित शाही, अमृता ढुङ्गाना, उत्कृष्ट मुद्धती  बचतकर्ता राम कुन्द थापा, ध्रुब पराजुली,  कृष्ष कुन्द थापा, राधिका थापा, बासुदेव थापा, सुमिता पाण्डे र उत्कृष्ट कर्मचारी पुर्णलक्ष्मी घिमिरेलाई सम्मान गरेको छ ।

विभिन्न समयमा सामाजिक उत्तरदायित्वको काम गर्दै आएको सहकारी संस्थाले हालै जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितलाई पनि सहयोग गरेको अध्यक्ष पाण्डेले जानकारी दिए ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000