हाइलाइट

अरुणिमा साकोसको निर्वाचन सहितको साधारण सभा सम्पन्न, अध्यक्षमा पूनः रामशरण घिमिरे

अरुणिमा साकोसको निर्वाचन सहितको साधारण सभा सम्पन्न, अध्यक्षमा पूनः रामशरण घिमिरे :: Sahakari Akhabar

काठमाडौं । ललितपुरको ताल्छिखेलमा रहेको अरुणिमा बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले रामशरण घिमिरेको अध्यक्षतामा सात सदस्यीय संचालक समिति तथा अनु घिमिरेको संयोजकत्वमा लेखा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुकुमार बस्नेत, सचिवमा राजकुमार चौरेल तथा कोषाध्यक्षमा सरतिा घिमिरेलाई चयन गरेको छ ।

त्यसैगरी सभाले संस्थाको संचालकहरुमा राम श्रेष्ठ, निर्मलादेवी काफ्लेलाई चयन गरेको छ भने लेखा समिति सदस्यमा आयुष घिमिरे र विष्णुप्रसाद घिमिरे चयन भएका छन् ।

शनिबार सम्पन्न सभामा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खालीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि गोर्खालीले सहकारीहरु अप्ठ्यारो अवस्थामा रहेकोले सदस्यहरुले संस्था जोगाउने हिसावमा कारोबार गर्नुपर्ने बताए ।

उनले सहकारीमा विश्वासको खडेरी परेकोले राज्यले पनि सहकारीलाई सकरात्मक हिसावमा सहयोग गर्न आग्रह गरे । उनले सहकारीको योगदानलाई राज्यले वेवास्ता गर्न नहुने र सहकारीका समस्या समाधान गर्न सहयोग गर्न अनुरोध गरे ।

सहकारीसंग प्रयाप्त पूँजी भएर पनि तरलताको समस्यामा रहेकोले राज्यले त्यो सम्पत्ति राखेर सहुलियत कर्जा उपलब्ध गराउन आग्रह गरे । सभामा संस्थाका अध्यक्ष रामशरण घिमिरेले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले आव ०७९ / ८० मा संस्थाको सेयर पूँजी २ करोड १५ लाख ७९ हजार ४०० रुपैयाँ, बचत २६ करोड ६२ लाख ८६ हजार पुगेको जानकारी दिए । त्यसैगरी संस्थाले ३८ करोड ९५ लाख ९६ हजार ८१७ रुपैयाँ ऋण लगानीमा रहेको र कोषमा २ करोड ७५ लाख ७७ हजार २१७ रुपैंयाँ रहेको सभामा जानकारी दिए ।

सभामा उत्कृष्ट बचतकर्ता, ऋणी सदस्य, जेष्ठ सदस्यलाई पुरस्कृत र सम्मान गरिएको थियो । सभामा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले शुभकामना मन्तब्य राखेका थिए ।



Leave a comment