काठमाडौं । राष्ट्रिय सहकारी महासंघको पुस २७ र २८ गते सम्पन्न ३१ औं बार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । २०५० सालमा स्थापना भएको राष्ट्रिय सहकारी महासंघमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएकी छन्।
२५ सदस्य संचालक समिति र तीन सदस्य लेखा सुपरिवेक्षण समितिका पदहरुमा निर्विरोध भएको छ । मल्ल यस अघि वरिष्ठ उपाध्यक्ष थिइन् । उनी एक कार्यकाल अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य भैसकेकी छन् ।
संविधानसभा सदस्य समेत रहेकी मल्लले सहकारी अभियानको सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल चयन भएका छन् । उनी यस अघि उपाध्यक्ष थिए । त्यसैगरी महासंघको उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डि.बि. बस्नेत र इन्दिरा पन्त निर्विरोध चयन भएका छन् ।
पछिल्लो संशोधिन विनियम अनुसार पहिलो पटक तीन उपाध्यक्ष कायम भएको हो । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम तुलाचन निर्वाचित भएका छन् । यस अघि उनी संचालक थिए ।
त्यसैगरी संचालकहरुमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी सुवेदी पौडेल चयन भएका छन् ।
साथै लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित हुनु भएको महासंघको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हिमादेवी बस्नेतले घोषणा गरीन ।
Leave a comment