हाइलाइट

लर्ड बुद्ध साकोसले आयोजना गरेको रक्तदानमा ७३ पिन्ट रगत संकलन

लर्ड बुद्ध साकोसले आयोजना गरेको रक्तदानमा ७३ पिन्ट रगत संकलन :: Sahakari Akhabar

विराटनगर । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले आज आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको छ ।

संस्थाले तत्कालिन डिभिजन सहकारी कार्यालय, मोरङमा संस्था दर्ता भएको दिनको सम्झना स्वरुप हरेक वर्ष पुस (२६ गतेका दिन रक्तदान कार्यक्रम गर्दै आईरहेको छ ।

२०६५ सालदेखि शुभारम्भ भएको रक्तदान कार्यक्रममार्फत अहिलेसम्म लगभग एक हजार पिन्ट भन्दा बढी रगत संकलन र विरामीहरूलाई निरन्तर रगत सिफारिस गर्दै आईरहेको छ ।

नेपाल रेडक्रस सोसाईटी, उपशाखा कार्यालय, उर्लाबारीको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा स्थानीय विभिन्न संघ संस्थाहरूको संस्थागता सहभागिता रहेको थियो ।

५ जना भन्दा बढी रक्तदाता सहभागी गराउने संघ संस्थालाई सम्मानित गर्ने संस्थाको नियम अनुसार रेडस्टार ईङलिस बोर्डिङ स्कुलमार्फत ८ जना र शान्ति टोल विकास समितिमार्फत ५ जनाले रक्तदान गरेका हुन् ।

त्यसैगरी नमस्ते बुद्ध ईन्भेष्टमेन्ट कम्पनी, ईङ्घम मिडिया प्रा।लि।, गरिमा विकास बैङ्क लि।, पञ्चायत नमुना  मावि, यामाहा सोरूप, लोटस कम्प्युटर सप्लायर्स, शव्द थिएटर, गोर्खा डिपार्टमेन्ट स्टोर, सुनाखरी मावि, स्वर्णलक्ष्मी साकोस, सुचारु कृषि सहकारी, डिलाईट पेन्ट उद्योग, वाल्मीकि मेमोरियल बोर्डिङ स्कुल, गुहेश्वरी मेर्चेण्ड बैङ्किङ एण्ड फाईनान्स, मेची बहुउद्देश्यीय सहकारी, मनोटर होटल एण्ड पार्क, होटल साल्पा र रेडियो सिम्रिकको पनि रक्तदान कार्यक्रममा संस्थागत सहभागिता रहेको थियो ।

त्यसैगरी नेपाल रेडक्रस सोसाईटी, उपशाखा कार्यालय, उर्लाबारी अन्तर्गत आ।ब। २०७९र०८० मा दोस्रो  सर्वाधिक रक्तदान गराएवापत उपशाखाका सभापति भानु पराजुलीले संस्थाले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरेका थिए ।

त्यसैगरी रक्तदान कार्यक्रमको अवसरमा संस्थाको सदस्यता ग्रहण गर्दा संस्थाले २ सय छुट दिएर सदस्यता प्रदान गरेको थियो । उक्त छुटको सदुपयोग गरेर जम्मा ३३ जनाले सदस्यता ग्रहण गरेका छन् ।



Leave a comment