हाइलाइट

झापा जिल्ला सहकारी संघको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

झापा जिल्ला सहकारी संघको २७ औँ वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । झापा जिल्ला सहकारी संघको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा प्रदेश सभासद एकराज कार्कीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।

सभामा ६६ औँ राष्ट्रिय सहकारी दिवसमा घोषणा गरिएका संस्था तथा व्यक्तित्व हरुलाई समान गरिएको थियो । सम्मानीत हुनेहरुमा संघका पूर्व संचालक सम्मान देवीप्रसाद दाहाल, उत्कृष्ट संचारकर्मी गोवीन्दचन्द क्षेत्रीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ठ कृषी सहकारीमा होक्से कृषी सहकरी, उत्कृष्ट बहुउद्देश्यीय सहकारी मेची कृषक बहुमखी सहकरी सम्मानीत भएका छन् ।

त्यसैगरी उत्कृष्ठ बचत तथा ऋण सहकारीमा पूर्वीद्धार बचत तथा ऋण सहकारी, तथा उत्कृष्ठ बचत कारोवारमा नवोदय वहुउद्देश्यीय सहकारी संस्था पुरस्कृत भएका छन् ।

सभामा उत्कृष्ठ कर्जा कारोवार तर्फ हाम्रो गोलधाप कृषि सहकारी तथा उत्कृष्ठ महिला व्यवस्थपक तर्फ नवदुर्गा वहुउद्देश्यीय सहकारी संस्था की धनकुमारी पौडेल र शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक तिलकबहादुर कार्की पुरस्कृत भएका छन् ।

त्यसैगरी उत्कृष्ट पालिका सहकारी समन्वय समितिमा गौरीगञ्ज पालिका सहकारी समन्वय समिति पुरस्कृत भएको छ । कार्यक्रममा केन्द्रिय चिया उत्पादक सहकारी संघका अध्यक्ष हर्क तामाङ्ग, राष्ट्रिय सहकारी बैँकका लेखा समिति संयोजक लक्ष्मी उप्रेती, राष्ट्रिय सहकारी बैकका संचालक महेन्द्र कुमार गिरी, कोशि प्रदेश सहकारी संघका संचालक प्रेमकुमार कोईरालालगायतको उपस्थिति रहेको थियो ।



Leave a comment