हाइलाइट

साना किसान कृषि सहकारी तिनकौरियाको १८औं साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी तिनकौरियाको १८औं साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । धनुषाको तिनकौरिया गिद्धामा रहेको साना किसान कृषि सहकारी संस्थाको १८औं बार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ ।

पुष २० गते शुक्रवार संस्थामा भएको सभामा संस्थाका अध्यक्ष रामचरित्र महतोले संस्थाको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष महतोले संस्थाको कार्य क्षेत्र भित्रका सदस्यको गरिबी निवारणको क्षेत्रमा संस्थाले काम गर्दै आएको बताए ।

ठुला ठुला बैंक वित्तिय संस्थाहरुको पहुच नपुगेका र नपत्याएका ससाना किसान तथा पिछडिएका विपन्न महिला आदिवासी, जनजाती, दलितहरु वसोवास गरेको क्षेत्रमा साना किसानले पहुच बढाई उनीहरुको आर्थिक र सामाजिक रुपान्तरणको लागि नेतृत्व एवं क्षमता विकासमा जोड दिँदै आएको बताए ।

ससाना पूँजी, ऋण, सिप र नयाँ प्रविधिलाई संस्थागत गरी थोक कर्जाको रुपमा पूँजी सँग सँगै सिप प्रविधिलाई साना किसान विशेष गरी महिला दलित वर्गमा पहुच बढाई सचेतनाको विकासमा संस्थाले काम गरेको बताए ।

उनले विभिन्न प्राकृतिक विपद र जटिल अवस्थामा पनि सदस्य, संस्था र किसानहरुको बिचमा पुगेर सहयोग संकलन तथा हस्तान्तरण गरी सामाजिक जिम्मेवारी बहन गर्दै शेयर सदस्यहरुलाई सेवा र प्रतिफल दिन सफल भएको बताए ।

सभामा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक उदगारी मण्डलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विगतको अवस्था भन्दा गुणात्मक रुपमा संस्थाको भौतिक आर्थिक वित्तिय तथा समूह शेयरधनि सदस्यहरुको समेत उल्लेखनीय वृद्धि भईरहेको बताए ।

संस्थाले पशुपालक, तरकारी खेती तथा विभिन्न व्यवसाय गर्ने सदस्यहरुलाई पशु स्वास्थ्य तथा पशु उपचार सम्बन्धि तालिमहरु समूह अभिमुखीकरण गोष्ठी, आयोजना गर्दै आएको सभामा जानकारी दिए ।

सदस्यहरुलाई दिईने सेवा पारदर्शी तथा सहकारीका सिद्धान्त, मूल्य मान्यता अनुसार सञ्चालक समितिलाई सुझाव तथा सहयोग पुर्याउँदै आईरहेको जानकारी दिए ।

संयोजक मंडलले कृषि सहकारी संस्था भएकोले कृषि ऋणमा बढि लगानी गरी ऋणको सही सदुपयोगिता भईरहेको बताए।

संस्थाले ग्रामिण उद्यम कर्जा, पशुपालन कर्जा तरकारी खेती सम्बन्धी कर्जा पुनर्उत्थान कर्जा, स्वालम्बन कर्जा, बैदेशिक सुनौलो भविष्य कर्जा वैदेशिक समवृद्धि कर्जा शिक्षा कर्जा परिचालन गरिएको जानकारी दिए ।

संस्थाले संचालन गरेको बिमा कार्यक्रममा पनि उपयोगी काम हुनुका साथै पशुहरुको क्षतिपूर्ति समेत दिएको बताए । उनले कृषि सहकारी पसलको थप व्यवस्थान गर्नु पर्ने सभामा सुझाव दिएका छन् ।

त्यसैगरी संस्थाको शेयर सदस्यहरुलाई व्यवसायमा लगानी गरी उद्दमी गराउन, सिप मुलक तालिमहरुको व्यवस्था हुनु पर्ने बताए ।

ऋणी सदस्यहरुको कृषि व्यवसायमा वृद्धि दर बढाउनु पर्ने र मासु जन्य पशुपालन कर्जा र तरकारी खेतीमा बढि जोड दिनुपर्ने सभामा जानकारी दिए ।

सभामा संस्थाका मुख्य प्रवन्धक हरिचन्द्र पण्डितले आब २०७५ देखि ०८० सम्मको प्रगति प्रतिवेदन तथा आब २०८० / ०८१ को वार्षिक बजेट प्रस्तुत गरेका थिए ।

उनले संस्थामा २२९ समुह तथा १ हजार ३१७ सदस्य आवद्ध भएको जानकारी दिए । त्यसैगरी संस्थामा २ सय जना दलित जनजाती १३९ र अन्य ९७८ जना रहेको जनाए ।

संस्थामा यस आर्थिक वर्षमा ६७९ जनाले ऋण सेवा लिएको मुख्य प्रवन्धक पण्डितले सभामा जानकारी दिए । संस्थाको शेयर पूँजी २ करोड तथा निक्षेप ८ करोड १८ लाख पुगेको जानकारी दिए । त्यसैगरी संस्थाको कुल सम्पति २८ करोड १४ लाख र जगेडा कोषमा १ करोड ७७ लाख रहेको सभामा जानकारी दिए ।

संस्थाको २२ करोड ऋण लगानीमा रहेको र ११ करोड ९५ लाख तिर्न बाँकी ऋण तथा यस आवमा ७२ लाख खुद आम्दानी गरेको मुख्य प्रवन्धक पण्डितले सभामा जानकारी दिए ।



Leave a comment