हाइलाइट

सदस्यसंग शिरडी साकोस अभियान

सदस्यसंग शिरडी साकोस अभियान :: Sahakari Akhabar

विराटनगर । सदस्यहरुलाई सहकारी शिक्षा प्रदान उद्देश्यले शिरडी बचत तथा ऋण सहकारी संस्थाले सदस्यसंग शिरडी साकोस अभियान सुरु गरेको छ ।

सहकारीप्रति आम नागरिकहरुको नकारात्मक धारणालाइ चिर्न र संस्थाले शुक्रवार विराटनगर ४ को खार्जी टोलमा सामुदायिक सहकारी शिक्षा, सदस्य भेटघाट तथा विस्तार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा सो समुदायका ५० जना सदस्य तथा सदस्य हुन इच्छुक ब्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको परिचय, संस्थाले संचालन गरिरहेका विभिन्न गतिविधिहरु तथा सहकारी संचालन प्रकृयाका सम्बन्धमा संस्थाका अध्यक्ष बलराम पराजुलीले जानकारी गराएका थिए ।

संस्थाका कोषाध्यक्ष लोकेन्द्रबहादुर कार्कीले कार्यक्रमको उद्देश्य तथा संचालक समितिको तर्फबाट प्रतिवद्धता र लेखा सुपरीवेक्षण समितिका सदस्य भोला निरौलाले संस्थाको नियमनको सम्बन्धमा जानकारी गराए ।



Leave a comment