हाइलाइट

बृहत बचत सहकारीको साधारणसभा सम्पन्न

बृहत बचत सहकारीको साधारणसभा सम्पन्न :: Sahakari Akhabar

विराटनगर । बृहत बचत तथा ऋण सहकारीले आफ्नो १३ औं साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक प्रतिवेदन सर्वसम्मतीले पास गरेको छ ।

गत वर्ष भन्दा आर्थिक कारोवार केही घट्न गई संस्थाले २ करोड ७० लाख बराबरको कारोवार गरेको प्रतिवेदनमा जनाइएको छ ।

कार्यक्रममा असल बचतकर्ता र असल ऋणी गरी २२ जनालाई सम्मान गरिएको थियो । त्यसैगरी १५ जना ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियो ।

संस्थाकी शेयर सदस्य कल्पना कामतको श्रीमानको उपचारका लागि ५ हजार १ सय सहयोग गरिएको संस्थाका अध्यक्ष योगेन्द्रकुमार साहले जानकारी दिए ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व न्यायाधिवक्ता भोजराज श्रेष्ठ, राजेश खण्डेवाल, दीपक खडका, इप्रका रानीका इन्चार्ज संदीप वेलवासे, विराटनगर–१६ का वडाध्यक्ष उद्धव भुजेल, लायन्स क्लब अफ मिल्स एरियाका पूर्वअध्यक्ष कैलाशकुमार साहलगायतको उपस्थिति रहेको थियो ।



Leave a comment