काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्षका दावेदार चन्द्रप्रसाद ढकालले संघको अध्यक्ष पदमा उमेदवारी दिइरहँदा आफ्ना केही प्रतिवद्धता पनि ब्यक्त गरेका छन् ।
उनले संघको आगामी निर्वाचनमा आफू स्वत अध्यक्षको दावेदार भएकोले आफूले सहकारी अभियानमा गर्ने कामको प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
उनले अभियान संरक्षणका लागि रूपान्तरण सहितको सहकारीमैत्री नेतृत्व छनोट गर्न सहकारीकर्मीलाई आग्रह गर्दै सञ्जाल सुदृढिकरण संकल्प ब्यक्त गरेका हुन् । उनी राजनीति, भुगोल वा स्वलाभ भन्दा माथि उठेर मात्र सहकारी अभियानको सञ्जाल सुदृढिकरण संकल्प पुरा गर्न सकिने बताउँछन् ।
उनी भन्छन् बचत ऋण ऋण सहकारीहरुको सञ्जाल बिषयगत केन्द्रीय संघमा आबद्ध संस्था तथा संघहरुको व्यवसायिक क्षमता, कौशल र छवीमा बिबिधता छ, तर सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरण र विकासका लागि गठन भएका बचत तथा ऋण सहकारीहरुको ब्यवसायिक ध्येयमा समानता छ । आजको दिनमा कार्यालय खुल्नु, दैनीक प्रशासनिक काम चल्नु मात्र पनि अभियानको अग्रगती होइन ।
हाल सहकारी अभियानले भोगेको आन्तरिक वा वाहृय समस्या समाधानको जिम्मेवार पनि हामी नै हौं । त्यसैले सम्पुर्ण बचत तथा ऋण सहकारीकर्मीहरु एकढीक्का भएर सञ्जाल सुदृढिकरण संकल्पमा लाग्नु पर्ने भएकोछ ।
बचत तथा ऋण सहकारीहरुको केन्द्रीय बिषयगत संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको ३२औं साधारण सभा नेतृत्व चयनको प्रस्ताव समेत समावेश गरी सम्पन्न हुँदैछ । यहाँहरुले औपचारिक वा अनौपचारिक रुपमा संघको पत्र तथा प्रतिनिधित्वको फाराम प्राप्त गर्नु भयो होला भन्ने अपेक्षा राखेको छु ।
संघ यहाँहरुको हो । संघ कस्तो बनाउने भन्ने यहाँहरुको सोचमा आधारित हुनु पर्दछ । सहकारी अभियानमा हाल देखिएका आन्तरिक (सुशासन समेत ) र वाहृय समस्या अल्पकालिन हो, तर सहकारी अयियान जीवनपर्यन्त चलिरहने अभियान भएकोले जतिसुकै बिषम परिस्थिति भएपनि मिति २०८० पौष ७ र ८ गते तय भएको साधारण सभामा आधिकारिक प्रतिनिधिहरुको सक्रिय सहभागिताको लागि आवश्यक व्यवस्थापन गरी दिनुहुन अनुरोध छ । सहकारी ऐन, नियम, संघको विनियम तथा नीतिहरुको आधारमा नेतृत्वमा यहाँहरुले गर्ने योगदानले अभियानको जग बलियो बनाउन सहज हुनेमा म विश्वस्त छु ।
३२औं साधारण सभालाई सञ्जाल सुदृढिकरण संकल्पको साधारण सभाको रुपमा लिएको छु । अभियानकर्मीहरु मिलेर नै बचत तथा ऋण सहकारी अभियान बचाउन सकिन्छ । राजनीति, भुगोल वा स्वलाभ भन्दा माथि उठेर मात्र सहकारी अभियानको सञ्जाल सुदृढिकरण संकल्प पुरा गर्न सकिन्छ । यो यात्रामा यहाँहरुको साथमा मेरो पनि तपशिलका प्रतिवद्धता सहित सहभागिता रहनेछ ।
सञ्जाल सुदृढिकरण संकल्प
- सरकारसंगको पैरवीमा वित्तीय सहकारी ऐन ।
- सहकारी शुद्धिकरणका लागि पुनर्जागरण अभियान सञ्चालन ।
- असल ऋण अभ्यास कायम राख्न असुलि न्यायाधिकरण, सूचना केन्द्र र ऋण सुरक्षण ब्यवस्था, बचत सुरक्षाका लागि बचत सुरक्षण कोष र - स्थिरीकरण कोषको प्रभावकारी कार्यान्वयन ।
- सञ्जालको स्वनियमन मार्फत सुशासन प्रवद्र्धन गरी नियमकीय भार न्यूनीकरण । समस्यामा परेका सदस्यहरुको ब्यवस्थापन सहजिकरण मार्फत अविभावकत्व ।
- सहकारी, सरकारी र निजी साझेदारीमा उद्यमशिलता बिकासका कार्यक्रमहरु सञ्चालन, प्राबिधिक रुपमा सञ्जालिकरण मार्फत सञ्जालका सेवाहरुमा उत्कृष्ठता ।
- न्यून लागतका स्रोतहरु बचत तथा ऋण सहकारीहरु मार्फत परिचालन ।
- सबै सदस्यहरुलाई तालिम, शिक्षा तथा क्षमता विकासका कार्यक्रमहरुको सुनिश्चितता ।
बचत तथा ऋण सहकारी अभियानलाई सुदृढ, सक्षम र गतीशिल बनाउन सबै मिलेर काम गर्न आहृवान गर्दै मिठासपुर्ण र कठिन भाषिक शब्दजालमा नपरी स्वविवेक प्रयोग गरी साधारण सभा मार्फत एकका लागि सबै र सबैका लागि एकको भावनामा काम गर्न सक्ने नेतृन्व छान्नमा सफलता मिलोस् भन्ने अपेक्षा गरेको छु ।
Leave a comment