काठमाडौं । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को आसन्न निर्वाचनमा अध्यक्ष पदमा उमेदवारी दिने निणर्य गरेकाछन् ।
संघको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले आगामी पुष ७ र ८ गते निर्वाचन सहितको साधारण सभाको मिति तय गरेसंगै बरिष्ठ उपाध्यक्ष ढकालले आफू अध्यक्ष पदमा उमेदवारी दिने तयारी गरेको बताएका छन् ।
उनले अभियान संरक्षणका लागि रूपान्तरण सहितको सहकारीमैत्री नेतृत्व भन्ने नारा सहित नवलपरासीका सहकारी अभियानकर्मी माझबाट उमेदवारीको घोषणा गरेका हुन ।
नवलपरासीको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधि गरेका ढकाल संस्थामा १० वर्ष अघिदेखि सदस्य रहेका छन् । संस्था २०६७ सालमा स्थापना भएको हो भने संस्थामा हाल ५ हजार २३१ ज्ना सदस्य रहेका छन् ।
बचत केन्द्रीय संघको मुख्य नेतृत्वमा जिल्लाको प्रतिनिधि पठाउनु गौरवको विषय भएकोले संस्थाबाट निणर्य गरी उहाँलाई संस्थाले प्रतिनिधि पठाएका हौं, संस्थाका अध्यक्ष खेम सुवेदीले भने ।
अव जिल्लामा सवैसंग भेटघाट र सल्लाह लिने काम भइरहेको छ, जिल्लाका अधिकांश बचत अभियानका प्रतिनिधिहरुको चाहना पनि छ उहाँलाई उम्मेदवारीमा सहयोग गर्ने ।
नेतृत्वमा पुगेर सहकारी अभियानकालागि केही गर्नसक्ने मान्छे जानु पर्छ भनेर हामीले उहाँलाई सहयोग गर्ने निणर्य गरेका हैं, उनले भने। संस्थाले प्रतिनिधि पठाउने निणर्य गरेसंगै ढकालले जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपरासीसंग पनि भेटघाट र छलफल गरेका छन् ।
संघका अध्यक्ष राजन आचार्यले, उहाँहरु छलफलमा आउनुभएको र केही सहकारीकर्मी बसेर नेफ्स्कूको आगामी नेतृत्वका चुनौतीलगाएत विषयमा छलफल भएको बताए ।
नेफ्स्कूनमा नेतृत्व परिवर्तनको आवश्यकता भएको उनको भनाइ छ । उनले नयाँ नेतृत्वले बचत अभियानलाई समय सापेक्ष अगाडी बढाउनसक्नु पर्ने बताए ।
स्थानीय तह, प्रदेश र केन्द्रीय तहमा कसले के गर्ने भन्ने अन्यौल भएकोले यसलाई चिरेर अघि बढ्ने नेतृत्वको खाँचो भएको बताए । सरोकारवाला संग पनि नीति नियममा लविङ गर्नसक्ने र अभियानको छवी उच्च बनाउनसक्ने नेतृत्वको आवश्यकता रहेको उनले बताए ।
स्वभाविक रुपमा भएको पदबाट माथिल्लो तहमा जान खोज्नु राम्रो हो, जिल्लाबाट नेफ्स्कूनका बर्तमान बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले माथिल्लो तहमा जाने इच्छा राख्नुभएको कुरा संघलाई पनि जानकारी गराउनु भएको छ, उनले भने ।
नेफ्स्कूनको नेतृत्व परिवर्तको आवश्यकता भएको र नयाँ नेतृत्वले सहकारीमा गुमेको छवीलाई फर्काउन सक्नुपर्ने सहकारी विज्ञहरुको भनाई छ । नेफ्स्कून सहकारी अभियानको सवैभन्दा पुरानो संघ भएकोले संघ अरु सहकारी संघसंस्थाको पथ प्रदर्शक हुनुपर्ने उनीहरुको भनाई छ।
पछिल्लो समय यसमा राजनीतिक दलको भातृसंगठनका रुपमा देखिएको, सुसाशनमा कमी आएको ब्यवसायीक हुननसकेकोजस्ता आरोप लाग्दै आएको र त्यसलाई चिर्न सक्ने नेतृत्व आवश्यक रहेको सहकारीकर्मीको भनाई छ ।
पछिल्लो नेतृत्व राज्यसंग नीतिगत लविङमा पनि कमजोर रहेको सहकारीकर्मीको ठम्याइ छ । बरिष्ठ उपाध्यक्ष ढकालले आधिकारिक रुपमै उमेदवारी दिएको घोषणा सहित प्रतिवद्र्धता समेत ब्यक्त गरेका छन् ।
उनले सहकारी अभियानकर्मीसंग सहकार्यका लागि अपिल गर्दै प्रतिवद्धता समेत ब्यक्त गरेका हुन् । बचत तथा ऋण सहकारी अभियान छ र नेपालमा आज सहकारी छ भन्ने महशुस गरिएको छ । यसमा यहाँहरुको योगदान अतुलनीय रहेको छ ।’
प्रतिवद्धता पत्र:

Leave a comment