Sahakari Akhabar

जिल्लाकै उत्कृष्ट करदाता बन्यो नवजागरण सहकारी

जिल्लाकै उत्कृष्ट करदाता बन्यो नवजागरण सहकारी :: Sahakari Akhabar

रामेछाप । मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट करदाता संस्था बनेको छ । बार्हौं राष्ट्रिय कर दिवस २०८० को अवसरमा रामेछाप जिल्लाको बैंक तथा वित्तीय संस्था तर्फ उत्कृष्ट करदाता संस्था बनेको हो ।

संस्था आव २०७८÷०७९ मा सबै भन्दा बढी आयकर दाखिला गर्ने संस्थाको रुपमा संस्था सम्मानित भएको हो । संस्थालाई करदाता सेवा कार्यालय मन्थली रामेछापले नवजागरण साकोसलाई जिल्लाकै उत्कृष्ट कर दाखिला गर्ने सहकारीका रुपमा सम्मान गरेको हो ।

यस आर्थिक बर्षको कातिक मसान्तसम्म संस्थाको शेयर पुँजी ४ करोड ७६ लाख ५० हजार, जगेडा कोष ६ करोड ४० लाख ७९ हजार, अन्य कोषहरु १ करोड ४३ लाख ५१ हजार बचत संकलन ५१ करोड ९८ लाख ७२ हजार र ऋण लगानी ३९ करोड २२ लाख ६२ हजार रहेको छ ।

संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कुल संस्थागत पुँजी ६ करोड ५५ लाख २१ हजार, तरलता रकम २ करोड ८६ लाख ४१ हजार र कुल सम्पत्ति ६८ करोड ३१ लाख २९ हजार रहेको छ । संस्थामा ९ हजार ५२२ जना सदस्य आवद्ध रहेका छन् ।



Leave a comment