विराटनगर । मोरङको बेलबारीमा रहेको दीपज्योति नारी विकास बचत तथा ऋण सहकारी संस्थाको २२ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । सभामा सहकारीकी अध्यक्ष पार्वती बरालले अध्यक्षको प्रतिवेदन, सञ्चालक समितिको प्रतिवेदन सचिव अनिता राईले प्रस्तुत गरेकी थिईन भने लेखा सुपरिवेक्ष प्रतिवेदन लेखा संयोजक विना लुईटेल नेपालले प्रस्तुत गरेकी थिईन ।
प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीको शेयरपूँजी २ करोड ३९ लाख ९३ हजार १ सय रुपैया रहेको छ भने सहकारीको जगेडा कोष, कर्जा सुरक्षण कोष, सदस्य मृत्यु राहत कोष, घर जग्गा कोष र अन्य कोषमा गरी २ करोड २४ लाख ९३ हजार २३२ रुपैया ८८ पैसा रहेको छ ।
सहकारी संस्थाको बचत १५ करोड १३ लाख ५१ हजार ५५ रुपैया रहेको छ । संस्थाले नियमित बचत, बाल बचत, ऐच्छिक बचत, पर्व बचत, जेष्ठ बचत, कर्मचारी सञ्चयकोष बचत, खुत्रुके बचत, दैनिक बचत, १ बर्षे आवाधिक बचत, २ बर्षे आवाधिक बचत, ८ बर्षे दोब्बर बचत, विमा, दिपज्योति विशेष र अन्य बचत सञ्चालन गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले १३ करोड ५७ लाख ४५ हजार ७०८ रुपैया ऋण लगानी गरेको छ । आर्थिक बर्ष २०७९÷०८० मा संस्थाले आर्थिक कारोबारबाट २ करोड ११ लाख ९० हजार ६०६ रुपैया ०७ पैसा आम्दानी गरेको छ भने १ करोड ७६ लाख ५७५ रुपैया ८३ पैसा खर्च गरेको छ । संस्थाले ३५ लाख ९० हजार ३० रुपैया २४ पैसा नाफा कमाएको छ ।
सहकारीमा नियमित बचत सदस्य २ हजार ५९८ जना रहेका छन् भने बाल सदस्य १ हजार ३३ जना रहेका छन् । साधारण सभामा उत्कृष्ट बचत कर्ता, बाल बचत कर्ता, ऋणी लगायत विभिन्न क्षेत्रमा योगदान दिनेलाई सम्मान समेत गरिएको थियो ।
सहकारीकी अध्यक्ष पार्वती बरालको अध्यक्षता तथा कोशी प्रदेशका प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल, बचत संघका सह सचिव युवराज दाहाल लगायतको सहभागिता थियो ।
Leave a comment