विराटनगर । जिल्ला सहकारी संघ लि.मोरङ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ मोरङको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित शुभकामना कार्यक्रममा जिल्लाका सय भन्दा बढि सहकारी संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
शुभकामना कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी संघ संस्थाका साथै मुलुकको आर्थिक क्षेत्रमा देखापरेको समस्या क्रमस घट्दै गएको बताउँदै आउदा दिनमा सामाजिक जनजीवन सहज हुने आशा व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेलले हाम्रा सांस्कृतिक पर्वहरूलाई समयानुकूल परिमार्जन गर्न सकेन मात्र दिगो बनाउन सकिन्छ भन्दै त्यसको नेतृत्व सहकारी क्षेत्रले लिनु पर्ने बताए ।
कार्यक्रममा कोशी प्रदेश सहकारी रजिस्ट्रार हरी बहादुर खत्रीले आउदै गरेका चाडपर्वहरु सहकारी क्षेत्रको विकास , विस्तार र शुद्दिकरणमा प्रेरक बन्नसकुन भन्दै शुभकामना व्व्यक्त गरे । जिल्ला सहकारी संघ लि.मोरङ एवम कोशी प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा जिल्ला कृषि सहकारी संघ का अध्यक्ष रबिन्द्र आचार्य, जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष एकराज निरौला, कोशी प्रदेश बचत संघका सचिव लक्ष्मी सापकोटा, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष माधव अधिकारी, संघका सल्लाहकारहरू रामचन्द्र गौतम, डा.उद्दव पोखरेल, बीरेन्द्र यादव, सचिव राकेश दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Leave a comment