विराटनगर । महाभारत जेफाले बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो छैटौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष योग्य बहादुर लिम्बुको अध्यक्षता तथा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा बार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रसतुत गरिएको थियो ।
सहकारीले एकिकरण पश्चातको छैटौं बार्षिक साधारण सभा मनाएको हो । २०६३ सालमा स्थापना भएको महाभारत सहकारीले २०६८ सालमा स्थापना भएको जेफाले महिला सहकारीसँग २०७५ साल कात्तिक १२ गते एकिकरण गरि महाभारत जेफाले बचत तथा ऋण सहकारी संस्था लि. नाम राखिएको थियो ।
सहकारीमा ११५६ शेयर सदस्य रहेकामा ६८५ जना साधारण सभामा उपस्थित रहेको सहकारीका व्यवस्थापक मनोज अधिकारीले जानकारी दिए ।
साधारण सभामा प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीको शेयर पूजी ९९ लाख १० हजार ९ सय रुपैया रहेको छ भने बचत (निक्षेप) हिसाब ५ करोड ३२ लाख ४८ हजार ६३६ रुपैया ३८ पैसा रहेको छ ।
सहकारीको ऋण लगानी ५ करोड १८ लाख २४ हजार ४१० रुपैया रहेको छ भजे जगेडा तथा अन्य कोष हिसाब ९९ लाख ६९ हजार ६५२ रुपैया ०२ पैसा रहेको छ ।
साधारण सभाको अवसरमा विभिन्न विधामा ४५ जनालाई सम्मान गरिएको छ । जसमा ६० बर्ष पुगेका १३ जना जेष्ठ सदस्य, नियमित बचत गर्ने १४ जना सदस्य, उत्कृष्ट किसान २ जना, अधिकतम शेयर खरिद प्रोत्साहन गर्ने एक जना, असल ऋणि २ जना, पूर्व सञ्चालक सम्मानबाट संस्थापक अध्यक्ष डिल्लीराम शर्मा लगायत ८ जना, उत्कृष्ट शेयर सदस्य सम्मानबाट रत्न बहादुर बुढाथोकी लगायतलाई सम्मान गरिएको छ ।
त्यस्तै विशेष सम्मानबाट खेलाडी एलिना लिम्बुलाई सम्मानत गरिएको छ भने माध्यमिक शिक्षा उत्र्तिण गर्दा उत्कृष्ट अंक ल्याउने १ जना छात्र र एक जना छात्रालाई नगद ५५५५ रुपैया नगद सहित सम्मान गरिएको छ । त्यसैगरी मरणोपरान्त सम्मानबाट पूर्व उपाध्यक्ष स्व. नारायण प्रसाद राईलाई सम्मान गरिएको छ ।
साधारण सभामा केराबारी गाउँपालिका २ का वडाअध्यक्ष प्रेम बहादुर लिम्बु, केराबारी गाउँपालिकाकी पूर्व उपाध्यक्ष शान्ती कुमारी लिम्बु, चौविसे गाउँपालिकाका वडा नं. ८ धनकुटाका वडा अध्यक्ष धन बहादुर लिम्बु लगायतको सहभागिता रहेको थियो ।
Leave a comment