विराटनगर । मोरङ्गको पथरीशनिश्चरे–१ मा स्थापित श्री पथरी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पून: हरिराज प्याकुरेल सर्वसहमत चयन भएका छन् । सहकारीको मंगलबार सम्पन्न निर्वाचन सहितको १५ औं वार्षिक साधारणसभा सर्वसहमत सञ्चालक समिति चयन गरिएको छ ।
निर्वाचन मण्डलका संयोजक चुडामणि भट्टराइले दिएको जानकारी अनुसार १३ सदस्यीय नवनिर्वाचित संचालक समितिको उपाध्यक्षमा ओमनाथ नेपाल, सचिवमा सुमित्रा भण्डारी, सह सचिवमा भूपाल खनाल र कोषाध्यक्षमा यामनाथ खतिवडा सर्वसम्मत चयन भएका छन्।
यसैगरी, सदस्यहरूमा क्रमशः विमला भण्डारी (क), बिमला भण्डारी (ख), यज्ञनिधि ढुंगाना, भोलानाथ खरेल, पुण्यप्रसाद पौडेल, पुण्यवती भट्टराई, नारायण प्रसाद दहाल र लक्ष्मीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
लेखासुपरिवेक्षण समितिको संयोजकमा हिक्मत सापकोटालाई चयन गरेको छ । सहकारीका अध्यक्ष हरिराज प्याकुरेलको अध्यक्षता तथा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार वितरण पनि गरेको थियो ।
सहकारीले जेष्ठ नागरिक लेखनाथ भट्टराई, उत्कृष्ट बचतकर्ता पुण्यवती भट्टराई, उत्कृष्ट कृषक सम्मानबाट केशव थापा लगायतलाई सम्मान गरिएको थियो ।
Leave a comment