हाइलाइट

शुभप्रभात साकोसको १५औँ वार्षिक साधारण सभा सम्पन्न, सदस्यलाई सम्मान

शुभप्रभात साकोसको १५औँ वार्षिक साधारण सभा सम्पन्न, सदस्यलाई सम्मान :: Sahakari Akhabar

सिन्धुपाल्चोक। शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सभा संस्थाका अध्यक्ष विकासकाजी श्रेष्ठको सभापतित्व तथा संस्थापक अध्यक्ष निर्मल पौडेलको प्रमुख आतिथ्यता र बाह्रबिसे नगरपालिकाका उपप्रमुख मन्जु तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

सभामा कोषाध्यक्ष विकास पौडेलले आर्थिक वर्ष २०७९ / ८० मा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुजीँ रु.४ करोड १७ लाख ४७ हजार, संस्थागत पूजीँ ३ करोड ५७ लाख ९३ हजार, बचत संकलन ५२ करोड ८२ लाख २८ हजार सदस्यहरुलाई ऋण लगानी ३६ करोड ५२ लाख ६६ हजार गरी खुद मुनाफा रु। १ करोड ३३ लाख २८ हजार गरेको जानकारी दिए । संस्थाको कुल सम्पत्ति तथा दायित्व रु। ६४ करोड ५९ लाख ७४ हजार रहेको छ ।

सचिव दीपकविक्रम थापाले प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समिति संयोजक  भिमसेन भण्डारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा उपाध्यक्ष यादव दाहालले स्वागत मन्तब्य राखेका थिए ।

साधारण सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी सदस्य, बालबचतकर्ता र कर्मचारीलाई सम्मान गरिएको थियो। सभाले सदस्यहरुलाई १३ प्रतिशत लाभांस र संरक्षित पूजीँ फिर्ताकोषबाट २४ लाख ९९ हजार रुपैया नियमित बचत तथा ऋण कारोवार गर्ने सदस्यहरुलाई वितरण गर्ने निर्णय गरेको छ।



Leave a comment