हाइलाइट

शिरडी सहकारीको ११ औं बार्षिक साधारण सभा सम्पन्न

शिरडी सहकारीको ११ औं बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

विराटनगर । शिरडी बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । २७ गते संस्थाका अध्यक्ष बलराम पराजुलीको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरालाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा संस्थाका अध्यक्ष पराजुलीले ६ करोड ४६ लाख ६ हजार ८१७ रुपैंयाँको वार्षिक बजेट, वार्षिक नीति तथा कार्यक्रम एवम विविध प्रस्तावहरु सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजक सरोज दाहालले लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन, संस्थाका कोषाध्यक्ष लोकेन्द्र बहादुर कार्कीले आव २०७९ / ०८० को अन्तिम लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।

३ सय जना सदस्य उपस्थिित रहेको कार्यक्रममा महिला शेयर सदस्यहरुको तर्फबाट शिरडी नै किन ?भन्ने शिर्षकको चेतनामूलक नाटक, बाल बचतकर्ताहरुले नृत्य एवम स्वागत गीत र सहकारी गीत समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा ज्येष्ठ सदस्य जानुका देवी उपाध्याय, नियमित बचतकर्ता राजन शर्मा घिमिरे र असल ऋण कारोवार तर्फ अनन्त निरौला लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमूख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइराला र विशेष अतिथिमा नेफ्स्कून विराटनगर शाखाका प्रमुख लक्ष्मण अधिकारीले संस्था सानो भए पनि सदस्यकेन्द्रित र विधि भित्र रहेर संचालन भएको बताए । कार्यक्रमको संचालन संस्थाका सचिव दिपेन्द्र रेग्मी र स्वागत मन्तब्य उपाध्यक्ष भूप प्रसाद बाँस्तोलाले गरेका थिए ।



Leave a comment