विराटनगर । विराटनगरमा रहेको रुद्राक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेड १३ औं बर्षमा प्रवेश गरेको छ । सहकारीले आफ्नो १२ औं बार्षिक साधारणमा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष मुरारीप्रसाद गजुरेलको अध्यक्षता भएको साधारण सभामा बार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सहकारीको शेयरपुँजी १ करोड १८ लाख ९४ हजार ९ सय रुपैया रहेको छ भने बचत ४ करोड २ लाख २० हजार ८९६ रुपैया रहेको छ । सहकारीको ऋण लगानी ४ करोड २८ लाख ३९ हजार रुपैया रहेको छ ।
सहकारीमा ३६३ जना शेयर सदस्य रहेका छन् । जसमा महिला २०९ जना र पुरुष १५४ जना रहेका छन् । साधारणसभामा विभिन्न राजनितिक, सामाजिक व्यक्तित्वहरु तथा सहकारीका सदस्यहरुको सहभागिता रहेको थियो ।
Leave a comment