हाइलाइट

नारायणी बचत सहकारीको निर्वाचन तालिका सार्वजनीक

नारायणी बचत सहकारीको निर्वाचन तालिका सार्वजनीक :: Sahakari Akhabar

चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्थाले २६औं वार्षिक साधारणसभा तथा ११ औंं अधिवेशनको तालिका सार्वजनिक गरेको छ । संस्थाको भाद्र ५ गते बसेको संचालक समितिको वैठकले आगामी कार्यकालका लागि संचालक समिती, लेखा सुपरिवेक्षण समितिको निर्वाचन असोज २७ गते शनिबार गर्ने निर्णय गरेको छ । संस्थाको निर्वाचन उपसमितिले निर्वाचन कार्य तालिका समेत सार्वजनिक गरेको सहसचिव हरि कृष्ण अधिकारीले जानकारी दिए ।

निर्वाचन कार्य तालिका अनुसार असोज २० गते मतदाताको नामावली प्रकाशन , असोज २३ गते उम्मेदवारी दिने र उम्मेदवारहरूको नामावली प्रकाशन, असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र असोज २७ गते मतदान गरिने कार्यतालिका रहेको छ ।



Leave a comment