विराटनगर । सहकारी अभियन्ता कमलेश्वर ठाकुर सम्मानित भएका छन् । छाता पुजा तथा मेला आयोजक समितिले आयोजना गरेको एक कार्यक्रम बिच ठाकुरलाई सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो। सहकारी र शिक्षा तथा समाजसेवा र कोरोना कालमा आफ्नो र आफ्नो परिवारको पर्वा नगरी समाज र देशका लागि योगदान पुर्याएकोमा ठाकुरलाई सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।
मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ५ निवासी ठाकुर जिल्ला सहकारी संघ मोरङ्गका सञ्चालक समिति सदस्य हुन भने सदभाव बचत तथा ऋण सहकारी संस्था रंगेलीका अध्यक्ष हुन । लामो समयदेखि सहकारी क्षेत्रमा लागेका ठाकुर मोरङ जिल्लाका विभिन्न क्षेत्रमा शिक्षा तथा समाजसेवाबाट पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
ठाकुरले कोरोनाको महामारीमा मोरङ जिल्लाका विभिन्न स्थानमा खाद्यन्न,औषधि लगायतका सामग्रीहरु विभिन्न दातृ निकाय तथा आफ्नै कमाईको केहि अंशबाट गरिब,असहायहरुलाई वितरण गरेका थिए । हाल रंगेली तथा विराटनगरमा अध्यापन गराईरहेका ठाकुरले आर्थिकस्तर कमजोर तथा जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क अध्यापन गराई रहेका छन् । सहकारी, शिक्षा, सामाजिक क्षेत्रमा सक्रिय ठाकुर सफल नेतृत्व गर्न सक्ने क्षमताका कारण सबै क्षेत्रमा अब्बल देखिएका छन् ।
Leave a comment