हाइलाइट

सुनपकुवा साकोसको साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम

सुनपकुवा साकोसको साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम :: Sahakari Akhabar

विराटनगर । उर्लाबारीमा रहेको सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्थाले साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उप–शाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३४ जनाले रक्तदान गरेका थिए । संस्थाको बुधबार सम्पन्न ३० औं बार्षिक साधारण सभामा गरेको थियो ।

सहकारीका अध्यक्ष हेमचन्द्र थापाको सभापतित्व तथा सहकारीका प्रमुख सल्लाहकार डिल्लीराम सापकोटाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा प्रगति, आर्थिक, लेखा समितिका प्रतिवेदन माथि छलफल गरी पारित गरिएको थियो । साधारण सभामा विभिन्न क्षेत्रमा योगदान गर्ने शेयर सदस्यलगायत कर्मचारीलाई कार्तिक २५ गते संस्था स्थापना दिवसको अवसरमा सम्मान गर्ने घोषणा गरेको छ ।

साधारणसभामा अध्यक्ष हेमचन्द्र थापाले अध्यक्षको प्रतिवेदन र नीति तथा कार्यक्रम, सचिव रविन भट्टराईले कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्र आचार्यले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक गोविन्दप्रसाद खतिवडाले लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीको ४ करोड २४ लाख ७ हजार ८ सय रुपैयाँ शेयर पुँजी रहेको छ भने  बचत २८ करोड ५८ लाख ८४ हजार ४ सय ८७ रुपैयाँ रहेको जनाइएको छ । संस्थाले चालु आवमा १ करोड १५ लाख २९ हजार ६ सय ५५ रुपैयाँ नाफा कमाएको छ ।

संस्थामा १ हजार १ सय ९३ जना बाल सदस्यसहित जम्मा ५ हजार ७ जना सदस्यहरु रहेका छन् । साधारसभाको कार्यक्रम संस्थाका सचिव रविन भट्टराईले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष तिलादेवी खतिवडाले राखेकी थिइन् ।



Leave a comment