हाइलाइट

नारी सिर्जना कृषि सहकारी २६ औं बर्षमा

नारी सिर्जना कृषि सहकारी २६ औं बर्षमा :: Sahakari Akhabar

विराटनगर । मोरङ्गको उर्लाबारीमा रहेको नारी श्रृर्जना कृषि सहकारी संस्था लि. २६ औं बर्षमा प्रवेश गरेको छ । सहकारीमा सम्पन्न २५ औं बार्षिक साधारण सभामा उक्त जानकारी गराईएको हो । सहकारीकी अध्यक्ष पुष्पकुमारी राजभण्डारीको अध्यक्षतामा भएको सभामा कोशी प्रदेशकी प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवाको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा पालुङवाले सहकारीले विपन्न, पिछडिएका वर्ग, लिङ्ग र जातजातिका व्यक्तिहरुलाई सहकारीसँग जोड्न आवश्यक रहेको बताईन । उनले विपन्न वर्गको आर्थिक उन्नति गर्नु नै सहकारीको सफलता भएको उल्लेख गरिन ।

‘एकका लागि सबै र सबैका लागि एक नै सहकारी हो’ उनले भनिन्, ‘व्यक्ति, समाज र सिंगो राष्ट्रको आर्थिक प्रगति र समुन्नति नै सहकारीको उद्देश्य हो ।’ सहकारीहरु बचत तथा ऋणको कारोबारमा मात्र सीमित नरही उत्पादनतर्फ लाग्नु पर्ने उनको भनाई थियो ।

सहकारीले साधारणसभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । संस्था स्थापनाकालदेखि सहयोग पुर्याउँदैआएका रामप्यारी तामाङ र रञ्जुकुमारी तामाङ, ज्येष्ठ शेयर सदस्य डिल्लीमाया पौडेल, सुशीला निरौला, भिमादेवी भट्टराईलाई सम्मान गरिएको व्यवस्थापक इन्दिरा खनालले जानकारी दिईन । यस्तै, उत्कृष्ट बचतमा योगदान गर्ने रत्नलक्ष्मी राई, रिता खत्री र सोनी धिमाल, उत्कृष्ट ऋणमा योगदान गर्ने तिलामाया बानिया, तारा कालिकोटेलाई सम्मान गरिएको थियो ।

साधारणसभामा अध्यक्ष पुष्पकुमारी राजभण्डारी, सचिव गीता अधिकारी, कोषाध्यक्ष दुर्गावती सुब्बा, लेखा समिति संयोजक पवित्रा दंगालले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन सुझावसहित पारित भएको संस्थाकी सञ्चालक सदस्य रेनुका निरौलाले जानकारी दिईन । सभामा उर्लाबारी–७ की वडाध्यक्ष उर्मिला थापा, सहकारी सञ्जाल उर्लाबारीकी अध्यक्ष सीता कार्की, संस्थाकी पूर्वअध्यक्ष मीना बराललगायतको आतिथ्यता रहेको थियो ।



Leave a comment