हाइलाइट

पञ्चकन्या साकोसको १६ औं बार्षिक साधारण सभा सम्पन्न

पञ्चकन्या साकोसको १६ औं बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

विराटनगर । मोरङ्गको उर्लाबारीमा रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले आफ्नो  १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष चन्द्रबहादुर भट्टराईको अध्यक्षता तथा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा बोल्दै उपमेयर पौडेलले सहकारी संस्था नाफामुखी मात्र नभई सेवामुखी हुनुपर्ने बताईन । सहकारीले उत्पादनमू्लक क्षेत्रमा लगानी गर्न सके आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग पुर्याएको उल्लेख गरिन । सहकारीको मूल्य, मान्यता र सिद्धान्तका आधारमा सहकारी चल्नुपर्ने बताउँदै उनले शेयर सदस्यलाई बढीभन्दा बढी सुविधा दिने खालका नीति, कार्यक्रम ल्याउन आग्रह गरिन ।

सहकारीका अध्यक्ष चन्द्रबहादुर भट्टराईले सहकारीमा ५२५ जना शेयर सदस्य रहेको जानकारी दिए । उनका अनुसार सहकारीमा ४७ लाख १४ हजार ४०० रुपैयाँ शेयर पुँजी छ । सहकारीले गत आर्थिक वर्षमा ३४ लाख १० हजार आम्दानी र २९ लाख ४४ हजार खर्च गरी ४ लाख ६६ हजार बचत गरेको छ ।

साधारणसभामा अध्यक्ष भट्टराई, सचिव केदार रिजाल, कोषाध्यक्ष इन्द्रबहादुर भट्टराई र लेखा समिति संयोजक वीरेन्द्र थापाले प्रस्तुत गरेका प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।  कार्यक्रममा ज्येष्ठ शेयर सदस्य छविलाल दाहाल, ज्ञानुमाया बुढाथोकी र गोपालबहादुर थापालाई सम्मान गरिएको थियो ।

यस्तै, उत्कृष्ट कारोबार गर्ने रेखा बस्नेत, टेकबहादुर भट्टराई, विना भट्टराई, दिपक अधिकारी, उत्कृष्ट बचतकर्ता सुनिता महतरा दाहाल, मोदकुमारी पराजुली, विष्णुप्रसाद कट्टेललाई सम्मान गरिएको सहकारीले जनाएको छ । 
 



Leave a comment