काठमाडौं । नवलपरासीको गौंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई साढे दुई अर्व लगानी गरेको छ ।
संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार ८६ हजार २३१ जना सदस्य मध्ये १२ हजार १९६ जना सदस्यमा उक्त रकम लानी गरेको जनाएको हो ।
त्यसैगरी संस्थाको शेयर पूँजी ३३ करोड ४५ लाख २५ हजार र २ अर्व ७८ करोड ८३ लाख ५ हजार बचत रहेको जनाएको छ । संस्थाको जगेडा कोषमा १७ करोड ३९ लाख १५ हजार रुपैया तथा अन्य कोषमा १० करोड ६५ लाख १२ हजार रुपैयाँ रहेको छ ।
संस्थाको कूल संस्थागत पूँजी १९ करोड १५ लाख ३४ हजार र कूल सम्पति ३ अर्व ५६ करोड २३ लाख २४ हजार रुपैयाँ रहेको जनाएको छ। संस्थामा २३.४० प्रतिशत अर्थात ६५ करोड २४ लाख ५६ हजार रुपैयाँ रहेको प्रकाहित विवरणमा उल्लेख छ ।
निर्वाचन सहितको साधारण सभाको मिति तय
संस्था निर्वाचन सहितको साधारण सभाको तयारीमा लागेको छ । संस्थाले सूचना प्रकाशन गरी निर्वाचन सहितको साधारण सभाको मिति तय गरेको हो । संस्थाले प्रकाशन गरेको सूचना अनुसार संस्थाको २८ औं बार्षिक साधारण सभा एकाइगतरुपमा सम्पन्न हुने भएको छ।
असोज ६ गते सबै सेवाकेन्द्रमा एकै दिन विस्तारित मञ्च हुने र असोज २० गते शनिबार गैंडाकोट एग्रोमार्टमा बिहान ११ बजेदेखि विजयनगर, हिमचुली, मुकुन्दपुर, अमरापुरी, समृद्धि भरतपुर, सप्तरंगी, सौहार्द, सहज, सप्तगण्डकी, नारायणगढ तथा हर्कपुर सेवाकेन्द्रको एकाइगत सभा हुनेछ ।
त्यसैगरी जनमुखी, पञ्चदृष्टि, कावासोती, सम्मृद्धि, कुनाको पञ्चवटी, अरुणखोला, दुम्किवास, भविश्य निर्माण, देवज्योती, पिठौली र विष्णुनगर सेवाकेन्द्रको असोज २० गते शनिबार बिहान ११ बजे थारु राष्ट्रिय संग्रालय कावासोतीमा सभा हुने जनाएको छ।
त्यसैगरी असोज २७ गते माईन्यूट प्रमाणिकरण सभा र नर्वाचन कार्यक्रम तय गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत जिवलाल तिवारीले जानकारी दिएका छन् । मुख्य कार्यालय सहित २७ वटा सेवाकेन्द्र रहेको संस्थाका ८५ हजार सदस्य रहेको जनाइएको छ ।
Leave a comment