हाइलाइट

बालकुमारी बचतको स्थापना दिवसमा १०४ जनाले गरे रक्तदान

बालकुमारी बचतको स्थापना दिवसमा १०४ जनाले गरे रक्तदान :: Sahakari Akhabar

काठमाडौं । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसमा  रक्तदान कार्यक्रम गरेको छ । संस्थाको २४ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले रक्तदाताहरुलाई प्रमाणपत्र र टिसर्ट  प्रदान गरेका थिए।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको थियो । रक्तदान कार्यक्रममा ८३ जना पुरुष र २१  जना महिला गरि १ सय ४ जनाले रक्तदान गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। २०५७ सालमा स्थापना भएको संस्थाले स्थापना दिवसको अवसर पारेर हरेक बर्ष रक्तदान तथा सदस्य र समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणको लागि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठले बताए ।

संस्थाले गत साउन मसान्तसम्म १३ करोड ५० लाख ८६ हजार शेयर पुँजी, ६ करोड ९ लाख ७७ हजार जगेडा कोष र १ अर्ब ९२ करोड ६३ लाख ५० हजार कूल कारोबार गरेको व्यवस्थापक श्रेष्ठले जानकारी दिए । त्यसैगरी संस्थामा १ अर्ब ५९ करोड ७८ लाख १९ हजार बचत संकलन गरी संस्थाले १ अबै ३४ करोड ९४ लाख ८९ हजार रहेको छ । संस्थामा ५ हजार ५३८ जना सदस्य आवद्ध रहेको जनाइएको छ ।



Leave a comment