Sahakari Akhabar

जागरुक सहकारीको साधारण सभा सम्पन्न निक्षेप २ करोड ९३ लाख बढी

जागरुक सहकारीको साधारण सभा सम्पन्न निक्षेप २ करोड ९३ लाख बढी :: Sahakari Akhabar

विराटनगर । विराटनगरमा १५ रानी, मिल्स एरियामा रहेको जागरूक बचत तथा ऋण सहकारी संस्थाको निक्षेप २ करोड ९३ लाख ६१ हजार ३४४ रुपैयाँ  रहेको छ । सहकारीको शनिबार सम्पन्न १६ औ बार्षिक साधारण साधारण सभामा उक्त जानकारी दिईएको हो ।

सहकारीका सचिव उमेश गुरुङ्गद्धारा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षमा ३ करोड ७२ लाख ७५ हजार निक्षेप  पुर्याउने लक्ष्य रहेको छ । सहकारीको कोषमा ३३ लाख ८५ हजार ६२३ रुपैयाँ ९३ पैसा रहेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

सहकारीको शेयर पुँजी ३४ लाख ९२ हजार रहेको सचिव गुरुङ्गछारा प्रस्तुत प्रतिवेदनमा जनाईएको छ । सहकारीमा ४१७ जना महिला र ३३९ पुरुष सहित ७५६ जना सदस्य रहेको गुरुङ्गले जानकारी दिए ।सहकारीको बाह्य ऋण ९९ लाख १० हजार ७२२ रुपैयाँ रहेको छ भने  तरलता २०७८÷०७९ मा ४० लाख ४४ हजार ७८ रुपैयाँ रहेकोमा २०७९।०८० मा २५ लाख ४५ हजार १९२ रहेको छ ।

कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दामोदर निरौलाले सहकारीले एक वर्षमा ५८ लाख ९१ हजार ७७० रुपैयाँ मुनाफा गरेको जानकारी दिए । संस्थाले आफ्ना सेयर सदस्यहरूलाई परेको समस्यालाई समाधान गर्दै सामाजिक उत्तरदायित्वमा समेत काम गरेको निरौलाले बताए ।

सहकारीकी अध्यक्ष सुनाङ्ग सुब्बाको अध्यक्षता तथा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्ला निराला कार्कीको प्रमुख आतिथ्यतामा भएको साधारण सभा विभिन्न क्षेत्रमा उत्कृष्ट सेयर सदस्यलाई सम्मान समेत गरेको छ ।

उत्कृष्ट रेमिट कारोबार गर्ने सदस्यमा भुन्टीदेवी यादव, उत्कृष्ट बचत महिला तर्फ  सुमन क्षेत्री घिमिरे, पुरुष तर्फ सुजितकुमार साह, ऋण कारोबार महिलामा बिन्दा कुमारी खड्का र पुरुषमा ललित चौधरी र उत्कृष्ट सेयर सदस्य अमित चौधरीलाई  सम्मान गरेको छ।

 त्यस्तै बाल बचत तर्फ दुई जनालाई पुरस्कृत गरेको छ। बाल बचतमा दिक्षा साह र शरण तिवारीलाई पुरस्कार सहित सम्मान गरेको हो । त्यस्तै सहकारी क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका सहकारी अभियान्ता रामचन्द्र गौतमलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले सहकारीहरू हुँदा खाने र हुनेखानेका बिचमा स्पष्ट छुट्टिन थालेको बताइन् । पछिल्लो समय आफू सहकारीको जुनसुकै कार्यक्रममा जान छाडेको बताएकी कार्कीले संस्था मजदुर र श्रमिकको क्षेत्रमा ईमान्दरीताका साथ काम गरेको संस्था रहेको बताइन् ।

कार्कीले हुनेखानेले चलाएको सहकारी डुबेको स्मरण गर्दै सहकारीमा बचत गर्ने बचत कर्ताहरूले आफूले केमा हस्ताक्षर गर्दै छु त्यो बुझेर मात्र गर्न आग्रह गरिन् । पछिल्लो समय न्यायिक समितिमा धेरै उजुरीहरू सहकारीको आएकोले लेनदेन जस्ता कुराहरू हेरेर मात्र हस्ताक्षर गर्न तथा बिचार पु¥याएर कारोबार गर्न आग्रह गरिन् । विराटनगर महानगरपालिकाले कतिपय सहकारीहरू कार्वाही गरेको र त्यो खारेजीको चरणमा पुगेको बताइन्  ।

जिल्ला सहकारी सङ्घका कोषाध्यक्ष अमृत गुरुङले हिजोको मिल्स एरिया अहिले एरिया मात्र भएको गुनासो गरे। ‘सबै मिलहरू सकिएर एरिया मात्र बाँकी रहेको छ, उनले भने, तर पनि अप्ठेरोको बिच पनि संस्थाले राम्रो गरेको छ ।’ सहकारी समस्यामा पर्नु भनेको सदस्यको बचत जोखिममा पर्नु रहेकोले सबै गम्भीर हुनु पर्ने उनले बताए ।

जागरूक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका  अध्यक्ष सुनाङ्ग सुब्बाले अरू सहकारी भन्दा अब्बल रूपमा सहकारी  रहेको बताइन् । अहिले सहकारीहरू भाग्ने अवस्थामा रहँदा यो सहकारीले इमानदारीताका साथ मजदुर, महिला  तथा आर्थिक रूपमा कमजोर वर्गमा पुगेर बचत गर्न सिकाउने काम गरेको जानकारी दिइन् ।



Leave a comment