हाइलाइट

स्कोप सहकारीको स्थापना दिवसमा ६३ जना विद्यार्थी सम्मानीत

स्कोप सहकारीको स्थापना दिवसमा ६३ जना विद्यार्थी सम्मानीत :: Sahakari Akhabar

ललितपुर । स्कोप बचत तथा ऋण सहकारी संस्थाले ३१औं स्थापना दिवसको अवसरमा २०७९ सालमा एसइइ परीक्षा दिइ उत्तीर्ण भएका ६३ जना सदस्यका छोराछोरीलाई सम्मान गरेको छ । यसै अवसरमा संस्थाले नयाँ काउण्टर उद्घाटन तथा स्वास्थ्य शिविरको पनि आयोजना गरेको थियो । संस्थाका अध्यक्ष वीरकाजी शाक्य र संस्थापक अध्यक्ष किशोरभाई बज्रचार्यले सयुक्त रुपमा नयाँ काउण्टरको उद्घाटन गरेका थिए ।

लाइफलाइन हेल्थहोम केयरको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरिएको संस्थाका सचिव आनन्दबीर बज्राचार्यले जानकारी दिए । शिविरमा जनरल मेडिसिन, अथोर्पेडिक, गाइनोलोजी, डेन्टल र आँखासम्बन्धी चिकित्सकबाट निशुल्क स्वास्थ्य परामर्श र प्याथोलोजी जाँच गरिएको थियो ।

त्यसैगरी पीसीए प्रोटेस्ट, प्याप टेस्ट, लिभर फङ्सन टेस्ट जाँच गर्नुका साथै इसीजी लगायत अन्य परीक्षणमा २० प्रतिशत छुट दिइएको थियो । संस्थाको आफ्नै भवनमा आयोजित शिविरबाट १२५ जनाले सेवा लिएको बज्राचार्यले जनाए ।

संस्थाको शेयर पुँजी ७ करोड ६ लाख २२ हजार, बचत संकलन ७० करोड ६७ लाख, जगेडा कोषमा ७ करोड ५ लाख, कुल संस्थागत पुँजी ९ करोड २२ लाख, विभिन्न कोषहरुमा ३ करोड १ लाख गरी कुल सम्पत्ति ९४ करोड ४१ लाख पुगेको छ । संस्थाले ७२ करोड १६ लाख ऋण लगानी गरेको छ ।  संस्थामा ४५४६ जना सदस्य आवद्ध रहेको संस्थाका प्रबन्धक बाबुराजा बज्राचार्यले जानकारी दिए ।



Leave a comment